Saturday September 18, 2021

पाँचौं पीपल गल्फ च्याम्पियनशिप जुलाई ३१ मा हुदै

१५ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1230


पाँचौं पीपल गल्फ च्याम्पियनशिप जुलाई ३१ मा हुदै

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार आयोजना हुने भएको छ।

 


गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने प्रतियोगिता बेलायतको बेजिंगस्टोकस्थित शेरफिल्ड ओक मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा डिभिजन ए, बि र सि गरी तीन फरक फरक समूहमा बेलायतवासी नेपाली खेलाडीहरुबीच प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताको 'ग्रस विजेता' लाई पुरस्कारस्वरुप तीन सय पाउण्ड र 'ग्रस फर्स्ट रनर अप' लाई डेढ सय पाउण्ड तथा 'नेट विजेता' लाई तीन सय र 'नेट रनर अप' लाई डेढ सय  पाउण्ड नगदसहित ट्रफीहरु प्रदान गरिनेछ।

त्यस्तै,डिभिजन ए, बि र सि तर्फ हरेक विधामा विजेतालाई डेढ सय पाउण्ड,पहिलो रनर अपलाई एक सय पाउण्ड तथा दोस्रो रनर अपलाई ७५ पाउण्डको नगद एवम् ट्रफीसहितको पुरस्कार दिइने छ।

प्रतियोगितामा सिनियर तथा खुलातर्फ गरी दुई विधामा 'लंगेस्ट ड्राइभ वीनर' लाई ५० पाउण्ड नगद र ट्रफीको पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, 'निअरेस्ट टु द पिन' का आधारमा 'पार थ्री' र 'पार फोर' तर्फका उत्कृष्टलाई ५० पाउण्डका दरले नगद र ट्रफी दिइने छ। 'सिनियर वीनर' का लागि पनि ट्रफी र एक सय पाउण्ड नगदको छुट्टै पुरस्कार व्यवस्था छ ।

प्रतियोगितामा सहभागी बन्न ईच्छुक खेलाडीहरुले आयोजक समूहका गीताजंग गुरुङलाई ०७८२५७४४०५८ मा सम्पर्क गर्न सक्नेछन् । आयोजक गोर्खा गल्फ सोसाइटीले बेलायतभरका ईच्छुक नेपालीलाई सहभागिताको लागि आव्हान गरेको छ।

प्रतियोगितालाई हरेक वर्ष प्रायोजन गर्दै आएको पीपल मोर्गेजेजका निर्देशक सुर्यप्रकाश गुरुङ बेलायतको नेपाली समुदायमा गल्फ खेलप्रतिको आकर्षण बढाउन प्रतियोगिता सहयोगी बन्नेमा आशावादी रहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?