Saturday October 23, 2021

“म अत्यन्तै हर्षित छु” संरक्षक नविन गुरुङ : नेपाल अन्तर्राष्ट्रिय पिकलबल महासंघको ५०औं सदस्य

१७ असार, २०७८ शीतलपाटीन्युज डटकम। 3049


“म अत्यन्तै हर्षित छु” संरक्षक नविन गुरुङ : नेपाल अन्तर्राष्ट्रिय पिकलबल महासंघको ५०औं सदस्य

शीतलपाटीन्युज डटकम।

“म अत्यन्तै हर्षित छु”–संरक्षक नविन गुरुङ

 


लण्डन। नेपालमा पिकलबल खेल भित्राउने मध्येका एक संरक्षक नविन गुरुङले नेपाललाई महासंघले दिएको मान्यता प्रति आफू निकै हर्षित भएको बताउनु भयको छ। स्याङजा कोल्मा घर भइ हाल यूके निवासी गुरुङले नेपाललले मान्यता पाउनु हर्षको सीमा नरहेको बताउँदै–“हामी नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएका छौं।” नेपाल पिकलबलको संरक्षक रहेका गुरुङले पिकलबलको अन्तर्राष्ट्रियस्तरको ‘बायन कप’ आयोजना गर्न महासंघले स्विकृती समेत दिएको तर कोभिड १९ का कारण अहिलेको अवस्थामा केही भन्न सक्ने अवस्था नरहेको गुरुङले बताउनु भयको छ।



नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके ५० भन्दा वढी देशका ३ हजार भन्दा वढी खेलाडी नेपाल आउन सक्ने बताउँदै नेपाल सपोर्ट ग्रुपका संस्थापक सदस्य समेत रहेका गुरुङले पिकलबल खेल मार्फत नेपालको पर्यटनको विकासका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताउनु भयको छ।

 

उहाले–“यो संघको एकल प्रयासले मात्रै सम्भव छैन, यसका लागि नेपाल सरकारको समेत सहयोग आवश्यक रहन्छ" भन्ने कुरा बताउनु भयको छ।

 


सहारा यूकेका संरक्षक एवम संस्थापक गुरुङले नेपालमा पिकलबल खेलको भविष्य उज्वल रहेको शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मीसंगको कुराकानीमा बताउँदै अव चाँडै नै पोखरा लगायत नेपालका मुख्य शहरहरूको विद्यालयहरुमा पिकलबलको प्रशिक्षणहरु शुरुवात गर्न सके खेलको विकास संगै खेलाडीको उत्पादनमा समेत सहयोग पुग्ने बताउनु भयको छ। पिकलबल खेलको विकास विश्वमा तिव्ररुपमा अघि बढिरहेकोले महासंघमा आवद्ध हुने संख्या समेत वढिरहेकोले पनि यो खेल चाँडै नै ओलम्पिकमा समेत समावेश हुने उहाँको भनाई छ।


नेपालमा पहिलो पिकलबल टुर्नामेन्ट जनवरी २०१९ भयको र यो टुर्नामेन्ट सम्पन्न गर्न Mr. Leo Gonzalez, IFP Ambassador, England र Mr. Navin Gurung, Founder and Int’l Coordinator of Support Nepal को महत्वपुर्ण  भुमिका रहेको थियो। यो टुर्नामेन्ट बाहेक यो खेलको बिकास गर्न काठमाडौं र पोखराका बिद्यालयहरु प्रचारप्रसार गरेर खेल छेत्रमा नया आयाम थप्नु भयको हो। यो खेलको बिकास गर्न सके नेपाल खेल पर्यटनको देशले चिनिने गुरूङको बिश्वास छ।

अन्तर्राष्ट्रिय पिकलबल महासंघको ५०औं संगठित सदस्य नेपाल :

नेपाल पिकलबल संघले अन्तर्राष्ट्रिय पिकलबल महासंघको ५० औं संगठित सदस्यको रुपमा मान्यता प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय पिकलबल महासंघले आफ्नो ५० औं सदस्यको रुपमा नेपाल पिकलबल संघलाई मान्यता प्रदान गरको नेपाल पिकल बल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराउनु भयको छ। महासंघले नेपालले महासंघको सदस्यता प्राप्त गर्न सवै प्रकृया पुरा गरेकोले नेपाललाई संगठित सदस्यको रुपमा मान्यता प्रदान गरेको प्रमाण पत्रमा जनाएको छ।

टेनिस, ब्याडमिन्टन र पिङ्गपङ्गको संयुक्त रुपको खेल नेपालका करिव २ बर्ष अगाडी स्थापना भएको हो । १९६५मा अमेरिकाबाट सुरु भएको यो खेल सस्तो र सवै उमेर समूहका लागि सहज भएका कारण उत्तर अमेरिकी राज्यमा निकै पपुलर रहेको छ। ब्याडमिन्टन कोर्टमा टेनिस नेट टेनिस जस्तै खेलिने खेल टेबलटेनिसको ब्याट र बल जस्तै ब्याट र बलबाट खेलिने खेल हो पिकलबल। एकल र युगल दुवै प्रतिस्पर्धा हुनेछ भने ११,१५ र २१ स्कोरमा हार जितको निर्णय हुने हुन्छ।

नेपालमा सन् २०१९ सेप्टेम्बरमा ग्यालेक्सी स्कुलमा ईन्डो नेपाल पिकलबल च्याम्पियनसिप आयोजना गरिएको थियो। यस्तै त्यसको लगतै भारतको देहरादुनमा ईन्डोनेपाल पिकल बल च्याम्पियनसिपको समेत आयोजना गरिसकेको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?