Sunday November 27, 2022

बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपाने सम्मानित

१८ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1659


बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपाने सम्मानित

शीतलपाटीन्युज डटकम।
लण्डन। राजनैतिक बिश्लेसक, संबिधानका ब्याख्याकार एवम कानुनबिद बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपाने सम्मानित हुनु भयको समाचार छ। उहालाई सम्मान गर्न बिदेसमा बस्ने नेपाललाई माया गर्ने नेपालीहरुको संस्था “बंशज नेपाली नागरीकताको निरन्तरता महाअभियान २०१९” का अभियन्ताहरुको निर्णय हो।

गत हप्ता बरिष्ठ अधिबक्ता नागरिकताबिद बालकृष्ण न्यौपाने प्रमुख अतिथी रहेको लण्डनबाट संचालीत भर्चुअल जुममा बरिष्ठ समाजसेवीहरुको समुहले यो सम्मान गर्ने निर्णय गरेको हो। अव अर्को कार्यक्रमको आयोजना गरी सम्मान गरिने कुरा महाअभियान प्रमुख खगेन्द्र पाठकले बताउनु भयको छ। नेपाली जहा रहेपनि बंशजका नेपालीहरु सधै नेपाली रहने र नेपाल कै बिकासमा सहयोग गर्ने हुदा नेपालको बिकासका बारेमा सो कार्यक्रममा गहन छलफल भयको थियो।

बिशेष अतिथी प्रोफेसर डा राम प्रसाद उप्रेती, बिशेस अतिथी प्रोफेसर सहायक रथी डा प्रेम सि बस्नेत, बिशेस अतिथी डिआईजिपी रमेस प्रसाद खरेल, महाअभियान सल्लाहाकार ओबिई डा राघव प्रसाद धिताल, सल्लाहाकार बेलायतका लागि पर्यटनदुत महन्त श्रेष्ठ,महाअभियान सह प्रमुख अरुण शाक्य, कोषाध्यक्ष सीए कृष्ण खतिवडा, महासचीव अपराध अनुसन्धान विज्ञ चन्द्र कार्की,महाअभियान प्रमुख अष्ट्रेलिया भुपाल सिटौला, महाअभीयानवप्रमुख कतार भीम खत्री,फ्रान्सबाट राजकुमार डोटेल,जापान कृष्ण सुबेदी, अमेरीका ब्यवसायी राम बिमली, नेपाल अभियन्ता तारा बराल,महाअभीयान नेपाल प्रमुख बिज्ञान प्रसाई,क्यानडा उमेस कार्की, महा अभीयान सहकोषाध्क्ष प्रभात पौडेल समेतको महाअभीयान भर्चुअल जुममा उपस्थिती थियो। नेपालमा सुसासन, मानव अधिकार र नागरिकता महाअभियानका बिबिध पक्षमा ब्यापक बिचारबिमर्श भयको थियो।
सम्मानपत्र:
श्री बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने,
काठमाण्डौ नेपाल।
तपाई बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल राष्ट्र,राष्ट्रियताको खातिर गर्नु भयको अनुपम अनी बिशिष्ट योगदान नेपाल अनी संसारभरि छरिएर रहेका नेपालीहरु सामु घाम जस्तै छर्लड्ग छ। आफ्नो भौगोलिक बनावट र देशको बस्तुस्थितीलाई बुझेर तपाईले जनताको पक्षमा जोडदार वकालत गरेकै कारण भारतियहरुलाई निर्बाध काम गर्नबाट बन्चित गरिएको प्रसंग अत्यन्तै उच्चकोटीको छ। टनकपुर सन्धिका बिरुध्द राष्ट्रका प्रतिध्वनीहरुलाई सुत्रबध्द गरेको पल स्वाभीमानी नेपालीहरुको मनबाट छिपेको छैन।२०४६ सास पछि बंशजको नागरिकता सोच, अध्ययन अनी अनुसन्धान विना दियो भने नेपालराष्ट्रलाई पर्न जाने गम्भिर क्षतिको बिषयमा तपाईको सान्दर्भिक मुद्दा, ब्याख्या र बहसले अहिलेसम्म सर्बोच्च अदालतबाट रोकिएको प्रसंग आफैमा उच्चकोटीको छ। सक्कली ब्यक्तिहरु नागरिकताबाट बंचित भयर भुई फुट्टाहरुले बंशजको नाता पाउनु हुन्न भन्ने तपाईको चट्टानी अडानले आज सबै नेपालीको शिर उचो भयको कुरा यहा शंझनु सान्दर्भिक छ। अव तपाई जस्ता स्वाभीमानी राष्ट्रभक्त सपुतको कारण नेपालको सार्मभौमसत्ता, स्वतन्त्रता अनी अखण्डताको रक्षा भैरहेको छ र भैरहने छ भनेर हामी बिश्वस्त छौ। राष्ट्रलाई दार्हा, नड्ग्रा धसेर तहस नहस बनाउने कपुतहरु माझ तपाईको देशप्रेम,राष्ट्रिय स्वाभीमान प्रदिप्त भयर चम्किरहेको छ।

तपाईले भष्ट्राचार बिरोधी अभियानमा लामो समयदेखि आफुलाई समाहित गर्दै गरिवी निवारणका लागि शसक्त रुपमा उभ्याएको जगजाहेर छ साथै सासंद र मन्त्रीहरुले समेत भ्रष्टाचार गरेको देखियमा अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउन सकिने भनेर सर्बोच्च अदालतमा तपाईले निरन्तर बहस गरेपछि सकारात्मक फैसला आयो। जसले तपाईको अब्वल स्वाभिमानी छविलाई उजागर गरेको छ। तपाईले बिदेशमा बसेका बंशज नेपाली नागरीकलाई बंशज नागरिकताको निरन्तरता भन्ने मुलमन्त्र रहेको हाम्रो अभियान सफल पार्न अहम भुमिका निभायर हामीलाई महत्वपुर्ण उर्जा दिनुभयको छ। यस अर्थमा बिदेशमा बस्ने हामी नेपालीहरु तपाई प्रति उच्च सम्मान राख्दछौ। यहाको यो बिशिष्ट योगदानलाई उच्च मुल्याड्कन गर्दा आउने पुस्तालाई समेत मार्गदर्शन हुन सक्छ भन्ने हामीले ह्दयड्गम गरेका छौ। एक निर्मल, निस्चल एवम नेपाल राष्ट्रका सच्चा पहरेदार, देशभक्त तपाई प्रति पुर्ण आसा र भरोसा गर्दै तपाईका अब्बल कर्महरुलाई समग्र मुल्याड्कन गर्दै हामी प्रवासी एवम समस्त नेपालीहरुको तर्फबाट हार्दिक अभिनन्दन एवम बिशीष्ट सम्मान अर्पण गर्दछौ।

अर्पण गर्ने
बंशज नेपाली नागरीकताको निरन्तरता
महाअभियान- २०१९



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?