Saturday October 23, 2021

गोर्खा हिल च्याम्पियनसिप गल्फ टुर्नामेन्ट भब्य सम्पन्न

२० असार, २०७८ शीतलपाटीन्युज डटकम। 1156


गोर्खा हिल च्याम्पियनसिप गल्फ टुर्नामेन्ट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको ईचिङ्गहिल गल्फ कोर्श फोल्कस्टोनमा गोर्खा हिल च्याम्पियनसिप गल्फ टुर्नामेन्ट भब्य सम्पन्न भएको समाचार छ।

 


गल्फ प्रतियोगितामा करिब १ सय १ जना गल्फर्सहरू सहभागी भयको उक्त खेलका प्रायोजक गोर्खाहिल सुपर स्टोरका प्रोप्राईटर चन्द्र बहादुर गुरूङले जानकारी गराउनु भयको छ। बिभिन्न क्याटोगोरीमा सम्पन्न उक्त प्रतियोगितामा ग्रस च्याम्पियन गजेन्द्र गुरूङ भएका छन् भने अर्का प्रतिष्पर्धी सुनिल गुरूङ नेट च्याम्पियन घोषित भएका थिए।

 


यसैगरी डिभिजन ‘ए’ मा च्याम्पियन तुलजङ्ग गुरूङ, डिभिजन ‘बि’ मा च्याम्पियन मन्जिल गुरूङ र ‘सि’मा च्याम्पियन कृष्ण तामाङ उत्कृष्ट भयका थिए। लामो दुरी पार गर्नेमा चन्द्र राई र सिनियर लामो दुरीमा डमर शाही च्याम्पियन भए। एनटिपी च्याम्पियन कृष्ण तामाङ भए भने एनजेपी च्याम्पियन प्रेम काजी गुरूङ बिजेता बने। काउन्ट ब्याक च्याम्पियनशिप गंगा मल्ल बन्न सफल भएका थिए।

 


विभिन्न क्याटोगोरीका बिजेता उपबिजेताहरूलाई तमुधि यूकेका पूर्व अध्यक्ष अध्यक्ष ज्ञाम गुरूङ, श्रीमती शान्त गुरूङ र फोल्कस्टन नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष तथा प्रायोजक चन्द्रबहादुर गुरूङले नगद र ट्रफी बितरण गरेका थिए। विगत लामो समय देखि चलिरहेको गल्फ प्रतियोगितालाई सन २०१८ बाट गोरखा हिल च्याम्पियनसिपको रूपमा आफ्नो तर्फबाट शिल्ड ट्रफि र नगद पुरष्कार प्रदान गरिदै आएको प्रोप्राईटर गुरूङले जानकारी गराउनु भयको छ।

 


यसै गरी खेल प्रायोजकका रुपमा आर्थिक सहयोग गर्ने पोखरा ट्राभल्स,लेमन लिफ रेस्टुरेन्ट,एभरेष्ट क्याफे,ओरियन्टल बफे,दिदीबहिनीहरू हुमसिरी गुरूङ, कुलदेबि गुरूङ,ईन्द्र गुरूङ,शर्मिला गुरुङ, लक्ष्मी गुरूङ र परिबार,दाजुभाइहरू दिलीपकुमार गुरूङ ‘एमबिई’,सुर्य गुरूङ,गिरी प्रसाद गुरूङ,कृष्ण गुरूङ,तेज गुरूङ,चित्र गुरूङ र प्रबिण क्षेत्रीलाई प्रोप्राईटर गुरूङले आभार व्यक्त गर्नु भयको थियो।

उक्त गल्फ प्रतियोगिता सफल बनाउन संयोजनको भूमिका निर्वाह गर्ने गोर्खा गल्फ सोसाईटी युकेलाई समेत प्रोप्राईटर गुरूङले धन्यवाद दिएका थिए। समापनका अवसरमा गोरखा हिल प्रोप्राईटर गुरूङ दम्पतीको वैवाहिक वर्षगाठको २५औं वर्षको संयोग समेत परेकोमा गोरखा गल्फ सोसाईटीका चेयर मेन सोमराज तामाङले फुलका गुच्छा र कार्ड प्रायोजक चन्द्रबहादुर गुरूङ र शान्ता गुरूङलाई बधाई, शुभकामना र धन्यवाद दिएर कार्यक्रम भब्य रुपमा सम्पन्न भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?