Saturday October 23, 2021

दुईदिने रेडिङ्ग कप टि-२० क्रिकेट २०२१ आयोजना हुदै

१ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1131


दुईदिने रेडिङ्ग कप टि-२० क्रिकेट २०२१ आयोजना हुदै

मणी सुवेदी,
रेडिङ,वेलायत।
हिमालयन क्रिकेट क्लबको आयोजना र सहयोगमा यही आउदो १७ र १८ जुलाईमा दुई दिने रेडिङ्ग कप टि-२० क्रिकेट २०२१ आयोजना गरिने भएको छ।


उक्त कपमा वेलायतका ६ नेपाली टिमले भाग लिने भयको कुरा आयोजक हिमालय क्रिकेट क्लवका संयोजक प्रकास गुरूङले बताउनु भयको छ। कोरोना महामारीका कारण पोखरेली मंचले गराउदै आयको नेपाल कप टी-२० रद्द भयकोले खेलाडीहरूको मनोबल र प्राक्टिस लागी यो खेल आयोजना गरिएको हो।

 


हाल सम्म पुरस्कार दिने भनेर व्यवस्था नगरे पनि खेल पूर्ण रुपमा मनोरञ्जनात्मक हुने हुदाँ क्रिकेट प्रेमी, दाता मनकारीहरु सबैलाई उपस्थिती भै खेलाडीहरूलाई हौसला बढाई दिनुहुन हार्दिक अनुरोध गरिएको छ। खेल रेडिङ क्रिकेट क्लबमा ११:०० बजे शुरु हुनेछ।

 



स्थान,समय:
Reading Cricket Club
Sonning Lane
Reading
Berkshire
RG4 6ST
समयः ११:००




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?