Wednesday October 28, 2020

बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलन हुदै

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1450



शीतलपाटीन्युज डटकम ।

काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गर्नुभएको छ ।

उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत मोरिसले आगामी नोभेम्बरमा बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलनमा सहभागी हुन निम्तो दिनुभएको छ । बेलायतमा महिलालाई चुनावमा सहभागी हुने अधिकार प्राप्त भएको एक सय वर्ष पुगेको अवसरमा सम्मेलन हुन लागेको हो ।

उपसभामुख डा. तुम्बाहाङ्फेले सम्मेलनमा सहभागी हुन बेलायत सरकारका तर्फबाट भएको निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीच संसदीय प्रक्रिया र अभ्यास आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कार धर्मबाहेक विश्वभरका महिलाहरुको समस्या साझा भएको भन्दै सम्मेलनमा त्यस विषयमा छलफल हुने अपेक्षा गर्नुभयो ।

राजदूत मोरिसले नेपालमा भएको कानुन निर्माण तथा संसदीय समिति गठनलगायतका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?