Saturday October 23, 2021

भव्य समारोहका बीच प्रेम गाहा मगरले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा [भिडियो सहित]

२ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 2484


भव्य समारोहका बीच प्रेम गाहा मगरले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा [भिडियो सहित]

शीतलपाटीन्युज डटकम।
लण्डन। गैर–आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारीघोषणा गरेका छन्। बिहीबार साँझ आयोजित एक भव्य समारोहमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामा बेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो।

गैर–आवासीय नेपाली संघका अभियन्ताहरु,बेलायतस्थित नेपाली समाज सम्बद्ध संघ संस्थाहरुका अध्यक्षतथा पदाधिकारीहरु, जातीय तथा क्षेत्रीय संस्थाका प्रमुखहरु,भूतपूर्व ब्रिटिश गोर्खा सम्बद्ध संस्थाका अध्यक्षतथा पदाधिकारीहरु, गैर–आवासीय नेपाली संघ,आइसीसीका सदस्यहरु तथा यूरोप क्षेत्रीय समितिकापदाधिकारीहरुसहित यूकेका पञ्जीकृत सदस्यहरु तथा शुभेच्छुकहरुको सहभागितामा आयोजित समारोहमागाहा मगरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए (एनसीसी) यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि नेतृत्व चयनका लागि यही ३१जुलाईमा निर्वाचन हुँदै छ। साढे दुई दशक लामो यूके बसाई र त्यसक्रममा एनआरएनए अभियानमा सहभागी भई हालसम्म गरेकाकामहरुको आधारमा एनसीसीलाई नयाँ दिशा प्रदान गर्ने र सबैले विश्वास गर्ने संस्था बनाउने प्रतिबद्धतासहितगाहा मगरले उम्मेदवारी घोषणा गरेका हुन्।

प्रत्यक्ष प्रसारणको भिडियो:

https://fb.watch/6N85b_vM-I/

सात–बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा गरेका गाहा मगरले संस्थालाई पारदर्शी बनाउने,पूर्व गोर्खाहरुकोसमस्या समाधानमा नेतृत्वदायी पहल गर्ने,नेपाल हाउस परियोजनालाई पूर्णता दिने, नेपाली नागरिकतानिरन्तरता र नेपालस्थित पुर्ख्यौली सम्पत्तिमाथिको अधिकार,नेपालमा लगानी अभिवृद्धि र पर्यटन प्रवर्द्धन, संस्था सुदृढीकरण तथा सदस्यताका लागि नयाँ प्रावधान,युवा तथा महिलाको उत्साहजनक सहभागिता रसशक्तीकरण लगायतका मुद्दालाई आफ्नो कार्ययोजनामा समेटेका छन्।

आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै गाहा मगरले भने, ‘संस्थाको पारदर्शिता र सुदृढीकरणसहितका मेराअजेण्डा मेरा मात्रै नभएर समग्र एनआरएनएका सदस्य र प्रवासी नेपालीहरुका अजेण्डा हुन् । यसमा सबैकोसाथ, सहयोग र समर्थन प्राप्त हुने छ भन्ने विश्वास लिएको छु। समाज सेवा लिनका लागि नभई योगदान दिनका लागि हो भन्ने कुरामा आफू पूर्ण जानकार रहेको बताउँदै गाहामगरले आगामी दुई वर्षका लागि सातै दिन चौबीसै घण्टा एनआरएनए र सामाजिक कार्यमा संलग्न रहने उनलेघोषणा गरे ।

तमू समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,वर्तमान अध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्षशिवचन्द्र गुरुङले भने व्यस्ततकोका कारण टेलिफोन मार्फत शुभकामना दिएका थिए । प्रवासी नेपाली मञ्चयूकेका अध्यक्ष सहारा यूकेको संस्थापक अध्यक्ष नविन गुरुङ र गुल्मी जिल्ला समाज यूकेका संस्थापकअध्यक्ष ओम थापा काउचाले पनि शुभकामना व्यक्त गरेका थिए।

घोषणासभाको अध्यक्षता गरेका एनआरएनए अभियन्ता शेरबहादुर सुनारले एनआरएनलाई सही दिशा दिन प्रेमगाहा मगर नै उपयुक्त व्यक्ति रहेको बताए।‘हाम्रो एनआरएन,राम्रो एनआरएन’ बनाउन र राम्रो समाजनिर्माणका लागि सहमति उपयुक्त विकल्प रहेको बताउँदै कसैको उक्साहटमा नलाग्न उनले सुझाव दिए।केही व्यक्तिहरुको उक्साहट र सिण्डिकेटका कारण समस्या आइरहेको बताउँदै सुनारले वास्तवमै सबैको साझा संस्था बनाउन अब ढिलाइ गर्न नहुने बताए।

निर्वाचन समितिलाई खबरदारी-

घोषणासभामा सहभागीमध्ये अधिकांश वक्ताहरुले निर्वाचन समितिको क्रियाकलापप्रति आशंका व्यक्त गरे।निर्वाचन समितिको गठनदेखि नै निष्पक्ष निर्वाचन हुनेमा आशा कम देखिएको भन्दै सहभागीहरुले उम्मेदवारीदर्ता गर्ने दिन निर्वाचन समितिले चुनावी कार्यतालिका स्थगित गरेर अलोकतान्त्रिक काम गरेको बताए ।

पूर्व उपाध्यक्ष शेर सुनारले सदस्यता आवेदनको समयदेखि नै अनियमितता गरिएको भन्दै अहिले आएरउम्मेदवारी दर्ता गर्ने दिनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका स्थगित गरेर के गर्न खोजेको हो भन्ने प्रश्न गरे। त्यस्तै, नेपाली प्रवासी मञ्च, यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले निर्वाचन समितिले नै कुनै एक व्यक्तिलाई जिताउन षड्यन्त्र गर्न त खोजि रहेको छैन भन्ने आशंका पैदा भएको भन्दै स्वतन्त्र र निस्पक्ष रुपमा काम गर्नआग्रह गरे।

सभामा व्यापक सहभागिता,उत्साहजनक समर्थन-

उम्मेदवारी घोषणासभामा व्यापक सहभागिता देखिएको थियो। झण्डै पाँच घण्टा चलेको घोषणासभा तथाशुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संस्था र क्षेत्रको प्रतिनिधित्व गर्दै ७० जना भन्दा बढीले शुभकामना दिए।

अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरका प्रतिबद्धताहरु

आदरणीय बेलायतवासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु,

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा लिएर स्थापना भएको गैर–आवासीय नेपाली संघले निकट भविष्यमानै दुई दशक पार गर्दै छ। सन् २००३ मा प्रवासी नेपालीहरुका अगुवाहरुले स्थापना गरेको यो संस्था यति छोटोअवधिमा नै विश्वव्यापी संस्था बनेको छ भने ‘जहाँ नेपाली त्यहाँ एनआरएनए’ भन्ने अभियान साकार भएको छ।

प्रवासमा रहेका नेपालीहरुलाई एउटै मालामा गाँस्ने पवित्र उद्देश्यसहित यस संस्थाको स्थापना गर्नेसंस्थापकहरु, अभियन्ताहरु र पथ प्रदर्शकहरुप्रति हामी आभारी छौं। तपाईंहरुले मार्गदर्शन गरेको बाटोमापदचाप पछ्याउने प्रयास गरिरहेका छौं। गैर–आवासीय नेपाली संघको स्थापना र यसको उन्नयनमा बेलायतको छुट्टै महत्व रहेको छ। २००३ माबेलायतबाट एनआरएनएको घोषणा हुँदाको क्षण मलाई अझै ताजै लाग्छ । समयले दुई दशक पार गर्न लाग्यो। तर त्यतिबेलाको सम्झना पुरानो भएकै छैन।

प्रवासी नेपालीहरुको हक हित मात्रै नभई मातृभूमिको विकास र समृद्धिमा पनि एनआरएनएका माध्यमबाटसमस्त सदस्यहरुले गरेको योगदान अमूल्य छ। संस्था, पदाधिकारी र सदस्यको हैसियतमा हामीले जतियोगदान गरेका छौं,अझै अपेक्षाकृत भएन कि भन्ने गुनासो पनि आइरहेका छन्। अबको कार्यदिशा यी र यस्तैगुनासाहरुलाई सम्बोधन गर्ने खालको हुनुपर्ने आवश्यकता देखिएको छ।

बेलायतमा नेपालीहरुको संख्या झण्डै डेढ लाखको हाराहारीमा रहेको अनुमान छ । पञ्जीकृत सदस्यकोसंख्या सानो भए पनि कुनै न कुनै रुपमा हामी सबै जना यस अभियानमा जोडिएका छौं। बेलायतवासी सबैनेपालीहरुलाई यस अभियानमा प्रत्यक्ष रुपमा जोड्न हामी सबैको प्रयास आवश्यक छ। साझा संस्थामासबैलाई गोलबद्ध गर्ने विगतदेखिकै मेरो प्रयासलाई आगामी कार्यकालमा थप तीव्रता दिने प्रतिबद्धता व्यक्तगर्दछु।

आदरणीय भूतपूर्व गोर्खा सैनिक बुवाआमा तथा मित्रहरु,

बैरी जतिसुकै भएपनि थोरै देख्ने र परास्त गरेरै छाड्ने बीर गोर्खालीको चरित्र नै हो। यही बहादुरीका कारणनेपाल विश्वभर प्रख्यात छ। बेलायतमा बसोबास गर्ने नेपालीहरु मध्ये अधिकतम संखया यिनै बीर गोर्खाली रतिनका परिवारका सदस्यहरुको छ। नेपाल र बेलायतबीचको दुई शताब्दी लामो सम्बन्धका पर्याय पनि यिनैबीर गोर्खाली नै हुन्। तर, जसले रगत र पसिना बगाए, जसले जीवनकै आहुति दिए, तिनै बीरहरु बेलायतमैअसमानताको शिकार भइरहेका छन् ।

म आफै पनि भूतपूर्व ब्रिटिश सैनिक भएकाले पूर्व गोर्खाहरुले भोग्दै आएका विभेद र असमानताबारे पूर्ण रुपमाजानकार छु । फौजमै रहँदा विभेदविरुद्ध म स्वयम्ले गरेको संघर्षको पनि सम्झना आइरहेको छ । एनसीसीमाउपाध्यक्ष र गोर्खा डिपार्टमेन्ट प्रमुख संयोजकका रुपमा रहेर विगत दुई वर्षमा पूर्व गोर्खा सम्बद्ध संस्थाहरुकोसाथमा हामीले सञ्चालन गरेको अभियानमा केही सकारात्मक संकेत देखिएका छन् । खासगरी १३ बुँदेप्रतिवेदन कार्यान्वयनमा हाम्रो अर्जुन दृष्टि कायमै छ र पूर्ण रुपमा कार्यान्वयन नभएसम्म रहिरहने छ । हाम्रोधैर्यताको बाँध टुट्न लागिसकेको छ । तसर्थ, यथाशीघ्र पहलकदमी लिन म नेपाल सरकारलाई आग्रह गर्दछु ।

आदरणीय युवा साथीहरु,

गैर–आवासीय नेपाली संघमा दोश्रो पुस्ताको प्रवेश शुरु भइसकेको छ । संस्थालाई जीवन्त राख्न योआवश्यक छ । तर, अपेक्षित रुपमा युवा पुस्ताको सहभागिता अझै वृद्धि भएको छैन । युवा पुस्ताकोउत्साहजनक सहभागिता गराउनु हामी सबैको दायित्व हो ।

कार्यसमिति रहँदा वा नरहँदाको अवस्थामा म निरन्तर युवा साथीहरुसँगै रहेको छु । अग्रजहरुलाई सम्मान गर्दैयुवाहरुलाई सामाजिक कार्यमा सहभागी गराउन सकेमा समाज रुपान्तरणमा सहयोग पुग्ने छ । संस्थाप्रतियुवाहरुको आकर्षण वृद्धि गर्न पक्कै पनि केही नयाँ कार्यक्रम र योजना ल्याउन आवश्यक छ । त्यसका लागिमैले केही योजना बनाएको छु । ती योजना कार्यान्वयनमा लैजान पनि नेतृत्वमा पुग्न आवश्यक ठानेको छु।

आदरणीय विज्ञ तथा प्रबुद्ध मान्यजनहरु,

संसारकै विकसित मध्येको एक देश बेलायत । बेलायतमा बसोबास गर्ने कतिपय नेपालीहरु विश्वमै प्रतिष्ठितव्यक्तिहरु हुनुहुन्छ । कतिपय एनआरएनए अभियानमा जोडिनु भएको छ भने अझै कैयौं प्रबुद्ध व्यक्तिहरु योअभियानबाट टाढै हुनुहुन्छ । समाजको वास्तविक विकास र मातृृभूमि नेपालको समृद्धिमा विज्ञ तथा प्रवुद्धव्यक्तिहरुको योगदानको खाँचो छ । शिक्षा, स्वास्थ्य, प्रविधि, चिकित्सा, प्रशासन, विज्ञान लगायतका विभिन्नक्षेत्रमा विशिष्टता हासिल गर्नु भएका व्यक्तिहरुलाई यस अभियानमा सहभागी गराई मातृभूमिको विकास रसमृद्धिमासमेत टेवा पुर्याउने लक्ष्य राखेको छु । पक्कै पनि यहाँहरुले साथ दिनुहुने छ भन्ने अपेक्षा राखेको छु ।

आदरणीय व्यवसायी तथा लगानीकर्ता महानुभावहरु,

बेलायतमा लामो समयदेखि बस्दै आउनु भएका पुराना तथा नवोदित व्यवसायीहरुले संस्था सञ्चालनमा गर्नुभएको सहयोग अतुलनीय छ । सामाजिक सेवामा तपाईंहरुले गर्नु भएको योगदानको उचित कदर हुनआवश्यक त छँदै छ, तपाईंहरुको योगदानको खाँचो झनै बढ्दै गएको छ ।खासगरी ‘कर्मभूमिमा आर्जनमातृभूमिमा लगानी’का विषयमा हामीले थप गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । नेपाल सरकारका केहीऐन तथा प्रावधान अनुकूल छैनन् । त्यसलाई आवश्यक परिमार्जन र संशोधनका लागि हामी सबै एक भएरपहल गर्नुपर्ने छ । त्यसका लागि संस्थाका तर्फबाट नेतृत्व लिने छु ।

नेपालको आर्थिक तथा औद्योगिक विकासमा सहयोग पुर्याउन प्रत्यक्ष वैदेशिक लगानीको खाँचो रहेको नेपालसरकारले स्पष्ट पारिसकेको छ । त्यसका लागि हामीले लगानीकर्ताहरुको खोजी गरी नेपालमा लगानी गर्नआकर्षित गर्नुपर्ने छ । नेपालको आर्थिक विकासको अर्को आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रमा लगानी तथापर्यटक नेपाल पठाउने अभियानमा पनि हाम्रो अग्रसरता आवश्यक छ । त्यस दिशामा पनि हामी सबैले गम्भीरभएर सोच्नु पर्ने अवस्था आएको छ । नेपालमा वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका विषयमा हामीले अभियाननै सन्चालन गर्नु भएकाले त्यसका लागि केही कार्ययोजना बनाएको छु । आशा छ, यसमा साथ र सहयोग प्राप्तहुने छ ।

आदरणीय पञ्जीकृत सदस्य साथीहरु,

संस्थाको बल भनेकै तपाईं हामी सदस्यहरु नै हौं । तपाईंहरुको सचेत र विवेकपूर्ण निर्णयले नै नेतृत्व रकार्यसमितिलाई मार्गदर्शन गर्ने छ । निर्वाचनमा पुर्याउने विवेकले नै पछुताउनबाट बचाउने छ । हामीले एक भएरसंस्थाको सृदृढीकरण र पारदर्शितामा ध्यान दिनु परेको छ ।

संस्थाको पारदर्शिताका लागि हामीले गरेको पहल र चालेको कदमका बारेमा सबैजना जानकार नै हुनुहुन्छ ।शुद्धीकरण, सुदृढीकरण र पारदर्शितालाई एकसाथ अगाडि बढाउने हाम्रो प्रयत्न हो । संस्थाप्रतिकोविश्वासनीयता बढाउँदै ‘हाम्रो एनआरएनए राम्रो एनआरएनए’ नारालाई व्यवहारमा चरितार्थ गर्ने प्रयत्नमातपाईंहरुको साथ, सहयोग, आड र भरोसा प्राप्त हुने छ भन्ने मैले विश्वास लिएको छु ।

आदरणीय अभियन्ताज्यूहरु,
निर्वाचनको मुखमा म धेरै र ठूला कुरा गर्न चाहन्नं । तर, वर्षौंदेखि थाती रहेका केही मुद्दाले भने हामी सबैको मनअमिलो पारिरहेको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ र ‘दोश्रो पुस्तालाई नेपालसँग जोड्ने’ एनआरएनको अभियान अझै निष्कर्षमा पुगेको छैन । नेपालको संविधानले हाम्रो मागलाई सम्बोधन गरेपनिआवश्यक कानुन बन्न नसक्दा संविधानले दिएको अधिकार कार्यान्वयन हुन सकेको छैन । यसलाईकार्यान्वयनमा लैजान हामी सबैको सामूहिक पहलको खाँचो छ । नेपाल सरकारलाई आवश्यक दबाब दिनुपर्नेभएको छ । त्यसका लागि अन्य एनसीसीहरु र आइसीसीसँगको सहकार्यमा सामूहिक पहल गर्नुपर्ने र त्यसकालागि अग्रसरता लिने दृढ संकल्प लिएको छु ।

हाम्रो पैतृक सम्पत्तिमाथिको अधिकारको विषय पनि उत्तिकै महत्वपूर्ण छ । निर्वाध रुपमा सम्पत्ति जोड्न, लगानी गर्न तथा किनबेच गर्न पाउने आर्थिक अधिकार स्थापित गर्न पनि हामी सबैको पहल आवश्यक छ ।अग्रज तथा अभियन्ताहरुले यस विषयमा मार्गनिर्देशन गर्नुहुने छ भन्ने अपेक्षा राखेको छु। अन्त्यमा, हामी जहाँ रहे पनि नेपाली नै हो । हामी सबैको मन मुटुमा नेपाल छ । त्यसैले त एनआरएनकोछातामुनि जम्मा भएका छौं । हाम्रो छाता एनआरएनलाई बलियो बनाउन सक्यौं भने हामी बलियो हुन्छौं ।संस्था नै कमजोर भयो भने हामी कोही पनि एक्लै बलियो हुन सक्दैनौं ।

संस्थालाई बलियो, पारदर्शी र सबैको विश्वासप्राप्त बनाउने उद्देश्यले म यस अभियानमा लागेको हो । संस्थामालाग्नु र नेतृत्व हत्याउनु मेरो उद्देश्य कदापि होइन । संस्थाबाट लिनका लागि नभई संस्थामा रहेर योगदान गर्नकालागि म अगाडि सरेको हो । आगामी दुई वर्ष मैले मेरो समय पूर्ण रुपमा एनआरएनएलाई छुट्याएको छु। संस्थाको मर्यादा उच्च बनाउँदै नेपाली समुदायको हक र हितमा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछु । विगतमात पाईंहरुले दिनु भएको साथ, सहयोग र मायाका लागि आभारी छु। फेरि एक पटक तपाईंहरुको मन,मत रअभिमतको लागि निवेदन गरेको छु।

मेरा प्रतिबद्धताहरू

१. कुनै पनि संस्थामा आर्थिक पारदर्शिता अपरिहार्य छ । एनआरएनए युकेमा अहिले चलिरहेको आर्थिकपारदर्शिताको अभियानलाई मैले निष्कर्षमा पुर्याउने छु र लेखा प्रणालीलाई चुस्त बनाउने छु । एनआरएनयूकेलाई सबै सदस्यहरुले गर्व गर्न सक्ने उदाहरणीय संस्था बनाउने छु ।

२. ’नेपाली नागरिकताको निरन्तरता’ र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली संघअन्तरराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसँग अभियान चलाउने छु । नयाँ पुस्तालाई मातृभूमिसँगजोड्ने पहललाई परिणाममुखी बनाउने छु ।

३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा १३ बुंदे प्रतिवेदनसहितको ज्ञापनपत्र हामीले ब्रिटिशप्रधानमन्त्री तथा नेपाल सरकारलाई पठाइसकेका छौं। म आफै एक भूतपूर्व गोर्खा सैनिक भएकाले पनिआगामी कार्यकालमा गोर्खा समस्या समाधान गर्न रातदिन क्रियाशील हुनेछु।

४. गैरआवासीय नेपाली संघ, यूके ९एनआरएनए, यूके० लाई बेलायतस्थित सबै नेपालीको साझा संस्थाबनाउने मेरो मुख्य उद्देश्य हो। बेलायतका सबै राज्यमा बसोबास गर्नुहुने आमाबुवा, दाजुभाई तथादिदीबहिनीहरुको भावनालाई आत्मसात गर्दै, नेपाली समुदायमा कृयाशील सबै सामाजिक संघसंस्थाहरुसँगको सहकार्यमा, ‘नेपाल हाउस निर्माण परियोजना’ लाई अगाडि बढाउने छु। आपत्कालीन कोषकोरकम वृद्धि गर्दै आकस्मिक रुपमा आइपर्ने घटना तथा दुर्घटनामा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाईप्रभावकारी बनाउने छु । समस्या पर्दा हरेक सदस्यलाई ‘मेरो एनआरएन छ’ भन्ने अनुभूति गराउने छु ।

५. बेलायतमा ठूलो संख्यामा नेपालीहरुले प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, लएर, , एकाउन्टेन्ट, उद्यमी, व्यवसायीका रुपमा सफलता प्राप्त गर्नु भएको छ। उहाँहरु सबैलाई एनआरएन अभियानसंग जोडेरउहाँहरुसंग रहेको सीप, दक्षता र पूँजी नेपालको विकासमा लगाउन मैले अथक प्रयास गर्ने छु। बेलायतबाटनेपालमा लगानी र पर्यटनलाई प्रोत्साहन गर्ने छु।

६. युवा पुस्ता तथा महिलाहरुको उत्साहजनक सहभागिता अभिवृद्धिका लागि युवा र महिला लक्षित कार्यक्रमल्याउने छु । अभ्यास तथा प्रतिस्पर्धात्मक खेलकुद, सीपमूलक तालिम तथा कार्यशाला सञ्चालन गर्ने छु ।नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा प्रचार प्रसारका लागि प्रभावकारी अभियान सञ्चालनगर्ने छु ।

७. अधिवेशन आएपछि मात्रै एनआरएनए युकेको सदस्यता खुला गर्ने र लिने परिपाटीको अन्त्य गर्दै जहिले पनिसदस्यता लिन सक्ने व्यवस्था मिलाउने छु । एक पटक सदस्यता लिएपछि सदस्यता नम्बरका आधारमा हरेकदुई वर्षमा तोकिएको शुल्क तिरेर नवीकरण गर्न सकिने र पटक पटक कागजात बुझाउन नपर्ने व्यवस्था गर्ने छु।

धन्यवाद ।

प्रेम गाहा मगर

अध्यक्ष पदको उम्मेदवार ९२०२१–२०२३०

एनआरएनए, यूके




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?