Thursday July 29, 2021

चौतारी लायन्स क्लव स्विडनको दोस्रो कार्यसमिति  अध्यक्षमा लायन राजन कुमार क्षेत्री 

३ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1682


चौतारी लायन्स क्लव स्विडनको दोस्रो कार्यसमिति  अध्यक्षमा लायन राजन कुमार क्षेत्री 

शीतलपाटीन्युज डटकम।
लण्डन। सन२०१९ मा वेलायतमा खोलिएको नेपालीहरुको पहिलो लायन्स क्लव लायन रमेश वास्तोलाको नेतृत्वमा गठन भएको थियो भने वहाँ कै अध्यक्षतामा प्रथम अधिवेसन र पहिलो कार्यसमितीको कार्यकाल सफलतापुर्वक  सम्पन्न भएको छ।

 


अध्यक्ष बास्तोलाको कार्यकाल सफलता पुर्वक सम्पन्न  भय पश्चात दोश्रो कार्यसमिती अध्यक्ष राजन कुमार क्षेत्रीको नेतृत्वमा छनौट भयको खवर अध्यक्ष क्षेत्रीले शीतलपाटीन्युज डटकमलाई जानकारी गराउनु भयको छ। त्यस्तै गरि चौतारी लाइन्स क्लवमा प्रथम उपाध्यक्ष मिन थापा क्षेत्री,दोस्रो उपाध्यक्ष रन्जन मल्ल,सचिव रमेश गौतम क्षेत्री,कोषाध्यक्ष  निर्मल पराजुली,सहसचिव टंक के.सी,एल.सी.आई.एफमा राममणी रिजाल,मनोरञ्जन सचिव देवेन्द्र श्रेष्ठ क्लव कार्य प्रवन्धक सुवास मल्ल निर्वाचित हुनु भयको छ।

अन्तराष्ट्रीय मान्यता प्राप्त गर्न सफल चौतारी लाइन्स क्लवले पोखरा चौतारी लायन्स क्लवको सहकार्यमा तनहु बन्दीपुरमा गरिब विद्यार्थी हरुको लागी न्यानो कपडा र स्कुल सामाग्री वितरण गरेको थियो भने क्यान्सर (CALM) च्यारीटीलाई आर्थिक सहयोग, नेपालमा कोभीडको महामारीमा सहयोग र
5K RUN आयोजना गरी स्थानिय च्यारीटीलाई सहयोग गरी सकेको छ।

बेलायतमा बसोबास गर्ने ठुलो समुदाय क्षेत्री समुदायको अध्यक्ष भै सफलता पुर्वक नेतृत्व गर्नु भयका क्षेत्री समाज बेलायतका पुर्व अध्यक्ष क्षेत्री समुदायमा रहेर धेरै सेवा गर्न सकिने र त्यसका लागी आफु यो चौतारीको अध्यक्ष भयको बताउनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?