Thursday July 29, 2021

गोर्खा कप २०२१ भब्य हुने,प्रेषमीट सम्पन्न : तमुधी युके

४ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1143


गोर्खा कप २०२१ भब्य हुने,प्रेषमीट सम्पन्न : तमुधी युके

शीतलपाटीन्युज डटकम।
मिचेट,लण्डन। बेलायतमा रहेको ठुलो संस्था तमु धिं यूकेले आयोजना गर्ने गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। तमु धिं युकेले कुइन्स एभेन्यूमा गर्ने गरीएको फुटवलको १९ औै संस्करणको २४ जुलाइ २०२१ मा हुने गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको एक पत्रकार सम्मेलन मार्फत आज जानकारी दिएको हो। बेलायती परम्परा अनुसार स्थानीय काउन्सीलका मेयर प्रमुख अतिथि रहने सो कार्यक्रममा रसमोर बरो काउन्सिलका मेयर ब्रुसी थोमस रहने छन।

 


तमु धिं युकेका स्पोर्टस सेक्रेटरी क्या.देव घलेले प्रतियोगितामा मुख्य क्याटोगरी खेल तर्फ ३२ टीम र भेट्रान तर्फ १० टीम गरी ४२ टिमको सहभागिता हुने जानकारी दिनुभयको थियो। उहाले–“कोभिड १९ को उच्च सर्तकता अपनाउँदै हामीले गोर्खा कपलाई निरन्तरता दिएका छौं। हामी बेलायतबासीहरुको सानको रुपमा रहेको यो कार्यक्रमलाई सफल बनाउन सवैको सहयोग पाउनेछौ,” उनले थप्नु भयो।“हामी कोभिडका कारण लामो समय घर भित्र नै वस्न वाध्य भयौं, तर यो कार्यक्रम मार्फत हामी एकै थलोमा आफ्ना साथी भाइहरु जम्मा भै दुखसुःख साटन चाहन्छौ।”

 


विश्व महामारी कोभिड १९ का कारण एक वर्ष स्थगित भएको गोर्खा कपमा करिव ३५ हजार ३ सय ९३ पाउन्ड खर्च हुने, यस्तै ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने छ । ३५ हजारभन्दा बढी पाउन्ड खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा,कोभिड प्रोटोकल, शौचालय,पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन्। विशेष गरी वार्षिक रुपमा पर्वको रुपमा आयोजना हुने उक्त कार्यक्रम मार्फत १८ वर्ष भन्दा माथीका यूवाहरुलाई फुटबल तर्फ आकर्षण गर्दै शारिरिक, मानसिक बिकास गर्न र अनुशाशनमा रहि कुलतबाट टाढा राख्ने कार्यक्रम यसको मुख्य उद्धेश्य रहेको संस्थाले जनाएको छ। कार प्रबेशमा ५ पाउण्ड र १२ बर्ष माथिका उमेर भयका एक जनाको ३ पाउण्ड प्रवेश शुल्क लाग्ने सो इभेन्टस् १०,००० जना उपस्थिती हुने आसा गरिएको छ।

 


प्रतियोगितामा मुख्य क्याटोगरी तर्फ उपाधी विजेताको टिमले नगद रु २ हजार ५ सय पाउण्ड र उपविजेताले १ हजार ५०० सय पाउण्ड प्राप्त गर्नेछ । त्यसै गरी भेट्रानतर्फ उपाधी विजेताले १ हजार २ सय र उपविजेताले ७ सय पाउण्ड नगद प्राप्त गर्ने छन । प्रतियोगितालाई सफल बनाउन आइडिया नेपाल, ग्यारिजन व्रिगेड,रोशमरो वोरो काउसिन्ल,सामाजिक अभियन्ता लगायत दर्जनौ व्यक्ति तथा संस्थाहरुले आर्थीक सहयोग पनि गरेका छन।

तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ७१ सदस्यिय गोरखा कप आयोजक समिती गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो। खेल मैदान आयोजना स्थलमा शुरक्षा लगायत,स्वास्थ्य सेवा,एम्बुलेन्स तथा आवस्यक इमरजेन्सी सेवाका प्रवन्धहरु मिलाइएको बताइएको थियो। पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष गुरुङले हरेक वर्ष मे महिनामा आयोजना हुने गोर्खा कप गत वर्ष स्थगित गर्दै यो वर्ष जुनमा गर्न लागिएको बताउनु भयको छ। उहाले –“हामी कोभिडका कारण निकै अप्ठयारो परिस्थितीमा थियौं,सरकारले समेत कार्यक्रमलाई साथ दिने भए पछि आयोजना गर्ने निष्कर्षका पुगेका हौं, भन्नुभयको छ।”

तमु धि युके अध्यक्ष गुरुङले ११औं निर्वाचित कार्य समितीको पहिलो कार्यक्रम भएकोले सबैले साथ र सहयोग दिएर सफल बनाउन आग्रह समेत गर्नु हुदै
–“यो तमु धिं युकेले आयोजन गर्ने भए पनि बेलायतमा रहेका सबै नेपालीहरुको साझा कार्यक्रम भएकोले एक जुट भएर सफल बनाउन म आह्वान गर्दछु,भन्नु भयको छ।”

पत्रकार सम्मेलनमा बिश्वभरिबाट ३० जना पत्रकारहरूको जुम र प्रेषमीटस्थल तमुधि भवन मीचेटमा उपस्थिती रहेको सो कार्यक्रममा तमु धि यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ,गैर आवाशिय नेपाली संघ यूके अध्यक्ष पुनम गुरुङ, संस्थाका पूर्व अध्यक्ष ग्याम गुरुङ,निवर्तमान अध्यक्ष नन्दजङ्ग गुरुङ,संस्थाकाबरिष्ठ उपाध्यक्ष हरि गुरूङ, उपाध्यक्षहरू जुमकाजी गुरूङ,तुला गुरूङ, कोषाध्यक्ष कमल गुरूङ,तमुधिका अन्य पदधिकारीहरु,सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, सहारा यूकेका उपाध्यक्ष ले.कुशाङ गुरुङ,तमु धिका सल्लाहाकार एकेन्द्र गुरुङ,मिडिया संयोजक एसके कुमार गुरुङ, ह्यारी गुरूङ,इन्द्र घोताने,प्रकास गुरूङ लगायतको सहभागिता रहेको थियो।

सो दिन गोर्खा कप २०२१ कार्यक्रम अन्तर्गत फुटबल खेल संगै नेपाली स्वादिष्ट परिकारहरुको स्टल, विभिन्न जानकारी मुलक स्टलहरु,विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, प्यारासुट जम्प,पञ्चे बाजा लगायत अन्य नेपाली परम्परागत बाजाहरु लगायतका कार्यक्रमहरु हुनेछन। तमु धिं युकेले आयोजना गर्ने कार्यक्रममा बेलायतमा बस्ने १५ देखि २० हजार नेपालीहरुको जमघट हुने गर्दछ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?