Thursday July 29, 2021

"अक्सिजन पठाऔ नेपालीको ज्यान बचाऔ" दाताहरू लण्डन राजदूतावासद्वारा सम्मानित

४ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1095


"अक्सिजन पठाऔ नेपालीको ज्यान बचाऔ" दाताहरू लण्डन राजदूतावासद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपालमा कोभिड महामारीको दोश्रो लहरका बेला बेलायतबाट अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण दातालाई लन्डनस्थित नेपाली राजदूतावासले सम्मान गरेको समाचार छ।


सहयोगदाताहरूलाई नेपाली राजदूतावास लण्डन र एनआरएनए यूकले शनिबार दूतावास भवनमा आयोजित एक बिशेष कार्यक्रममा सम्मान गरेका हो। आर्थिक सहयोग गर्ने संघसंस्थाका प्रमुख एवं व्यक्ति गरि करिब ६० जनालाई राजदूत लोकदर्शन रेग्मी र एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले खादा र प्रमाणपत्रले सम्मान गरेका थिए।

 


एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लन्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा "अक्सिजन पठाऔ नेपालीको ज्यान बचाऔ" अभियान अन्तर्गत १५० थान अक्सिजन कन्सन्ट्रेटर पठाइ हस्तान्तरण भइसकेको छ। अत्यावश्यक स्वास्थ्य उपकरण किन्न बेलायतबाट करिब २ करोड ५५ लाख संकलन भएको थियो।

 



पहिलो चरणमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालले स्वागत गर्दै शुरु गरिएको सो कार्यक्रममा एक मिनेट महामहिमा राजदूत लोकदर्शन रेग्मीले नेपाल र नेपालीलाई अप्ठेरो पर्दा बेलायतवासी नेपालीले गरेको निस्वार्थ सहयोगप्रति आभार व्यक्त गर्नु भयको थियो। उहाले नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीको साथ सहयोग महत्वपूर्ण हुन पनि उल्लेख गर्नु भयको थियो। एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले दूतावासको सहकार्यमा ऐतिहासिक काम गर्न पाउंदा खुशी लागेको बताउंदै सबैलाई धन्यवाद दिनु भयको थियो।

 


एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका कार्यक्रममा सहयोग गरेका दाताहरुलाई महामहिम रेग्मीद्वारा प्रमाण पत्र दिई सम्मान गरीएको थियो । सो अवसरमा एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेना,एनआरएनए यूके संरक्षक सूर्य गुरुङ,निवर्तमान अध्यक्ष योग बहादुर फगामी,एनआरएनए यूकेका उपाध्यक्षहरू प्रेम गाहा मगर, रोजिना प्रधान राई, इङल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठ लगायतका अन्य  पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?