Saturday October 23, 2021

बेलायतमा पनि छन बिष्णु खरेल जस्ता अभियन्ता  एनआरएनए युके कोषाध्यक्ष उम्मेदवार

४ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1509


बेलायतमा पनि छन बिष्णु खरेल जस्ता अभियन्ता  एनआरएनए युके कोषाध्यक्ष उम्मेदवार

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेल कोषाध्यक्ष पदमा उम्मेदवार बन्न अग्रसर भएका छन्। खरेलले साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हो। युवा ब्यवसायी खरेल च्यारिटी मार्फत गरिव,पिडीत र असहायको लागी दानविर हुन बेलायतमा।

युवा व्यवसायी समाजसेवी बिष्णु खरेल हाल गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार हुन्। नेपाल चितवन घर भै करिब दुई दशक अगाडी बेलायत अएका खरेल परोपकारी काममा निकै सक्रिय छन्। आफुले केहि लिनु भन्दा पनि समस्त नेपाली समुदायलाई  पारदर्शिता केहि दिनसक्छु भनेर कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको उनले बताएका छन्।

एनआरएन युके भित्र आन्तरिक विवाद रहेको बेला समाज बिभाजन तर्फ उन्मुख नहोस भन्दै बिसंगतीलाइ समाधान गर्सन माजलाई एक ढिक्का बनाउन सक्दो मेहनत गर्ने उनले बताएका छन। नेपाली समुदायमा समाज सेवाको क्षेत्रमा उनी निकै अगाडि छन। भनिन्छ फल फलेको हागो नझुकेको कहा छ र?

"झुक्छन बृछ्यहरू सदैव फुलफलले भारी हुदामा अती,
झुक्छन सज्जन पाई मान मनमा शेखी नराखी रति।।"

फलेको बृछ्य सधै झुके जस्तै व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेल शेखी नराखी समाजसेवी छन्। नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका खरेलले यस वर्ष मात्रै करिब २० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन्। उनले गरेका सहयोगमा मायाघर अनाथ आश्रम नेपाल, चितवन र धादिङका चेपाङबस्तीका बिपन्न परिवार,बुध्द फाउण्डेसन युके,भीसी कुलविर थापाको स्मारक निर्माणमा सहयोग,क्याट युके समेतलाई सहयोग गरेका छन। इमिग्रेसन एड्भाइजर एवम रेष्टुरेन्ट व्यवसायी खरेल आफ्नो तथा छोराछोरिको जन्मदिन पनि च्यारिटी सहयोग मै मनाएर रमाउछन। त्यसैले समाज सेवी एवम समाजलाई एकतृत बनाउन लगनशील खरेललाई भोट दिएर कोषाध्यक्ष जिताऔ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?