Thursday July 29, 2021

एनआरएनए यूकेको अध्यक्षमा तीन जना सहित  उम्मेदवार मनोनयन दर्ता

५ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1107


एनआरएनए यूकेको अध्यक्षमा तीन जना सहित  उम्मेदवार मनोनयन दर्ता

शीतलपाटीन्युज डटकम।
लन्डन । गैरआवासीय नेपाली यूकेको आसन्न निर्वाचनको लागि अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता भयको समाचार छ। जुलाई ३१ तारिख हुने निर्वाचनको लागि अध्यक्षमा रोजीना प्रधान राई, दिपक श्रेष्ठ र प्रेम गाहामगरले उम्मेदवारी दर्ता गरेका छन।

उपाध्यक्षमा पवन शर्मा,तेजेन्द्र रोका,सुनिल खड्का, गोविन्द खरेल र महिला उपाध्यक्षमा सरस्वती केसी, सकुन गुरुङ,प्रसुना कंडेलले उम्मेदवारी दर्ता गराएका छन्। महासचिव पदमा डा. मुकुन्द बास्तोला, जीत रानाभाट र खुसी लिम्बूको उम्मेदवारी परेको छ। अध्यक्षका प्रत्यासी गाहामगरको पक्षबाट खुशी लिम्बुले उम्मेदवारी दिएका छन्। एनआरएनए यूकेको निर्वाचन समितिले तोकेको समय सीमा सोमबार साँझ ८ बजेभित्र सो उम्मेदवारी दर्ता भएको हो।

यस्तै सचिवमा डिएन खराल, विकाश गुरुङ (रक), जी आले, महिला सचिवमा कल्पना त्रिपाठी, एन घले गुरुङ,कोषाध्यक्षमा धनसरी राई (सुमित्रा),विष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ, सशांक शर्मा, महिला संयोजकमा मणीकला राई गुरुङ,युवा संयोजकमा चन्दन गुरुङ र अनिल मल्लको उम्मेदवारी परेको छ ।

यस्तै सदस्यमा पदम बहादुर गोले, गीता रायमाझी, देउमान ईजम, मोहन वली, ठाकुर प्रसाद ढुंगाना, दिपक सापकोटा,पदम शाही,भिम खनाल,भानुभक्त घिमिरे,बालकृष्ण दहाल, चेतन रानामगरले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै इंल्याण्ड परिषदको अध्यक्षमा डा.मिन रानाभाट र एलबीजेड गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। संघको आइसीसी सदस्यमा दिनेश घिमिरे,एलएन पाण्डे,महेश अधिकारी,कोश्लेश्वर ढकाल,अर्क तिमल्सीना,केदार थपलीया,भिमलाल भट्टराई,राजेन्द्र पुढासैनी,कृष्ण तिवारी,समिर खनाल लगायतको उम्मेदवारी परेको छ। निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रथम नामावली मंगलबार दिउंसो १ बजे प्रकाशित हुनेछ। दावी विरोधका लागि बुधबार दिउंसो १ बजेसम्मको समय छ भने उम्मेदवारको अन्तिम नामावली बिहीबार दिउँसो २ बजे प्रकाशन हुनेछ ।

मतदान जुलाई ३१ तारिख शनिबार पूरा दिन (००:०० देखि २३:५९ सम्म) अनलाइन हुनेछ । निर्वाचन नतिजा घोषणा र शपथ अगष्ट १ तारिख ‘भर्चुअल’ रुपमा गरिनेछ। उम्मेदवारहरुको बिस्तृत नामावली औपाचारिक रुपमा प्रकाशन हुन बाँकी रहेको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?