Thursday July 29, 2021

तिर्थ बहादुर मल्ल उर्फ अनिल एनआरएनए यूकेको युवा संयोजक उम्मेदवार

६ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1123


तिर्थ बहादुर मल्ल उर्फ अनिल एनआरएनए यूकेको युवा संयोजक उम्मेदवार

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको युवा संयोजक पदमा युवा व्यवसायी तिर्थ बहादुर मल्ल उर्फ अनिलले उम्मेदवारी दर्ता गराएका छन्। ३१ जुलाई २०२१ को निर्धारित एनआरएन यूकेको निर्वाचनमा उनले सो पदमा उम्मेद्वारी दर्ता गरेका हुन्।

‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको संस्थामा पनि युवा सहभागिता नगण्य जस्तै छ। संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’- अनिलले भनेका छन।कलिलो उमेर मै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी धेरै सामाजिक क्षेत्रमा सक्रिय छन्। एनआरएन,मिडिया,भलिबल वा विभिन्न च्यारिटी कार्यक्रम होस अनील विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन्।

हाल मोना यूकेको युथ टिम अध्यक्ष जिम्मेवारी सम्हालेका अनीलले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका पनि सफलतापुर्वक पुरा गर्दै आएका छन। उनले कोभिड महामारीमा नेपालको हेटौडा,काठमाडौ लगायतका स्थानहरूमा रोजगारी गुमाएका श्रमिक परिवार र सर्वसाधारणलाई खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका पनि छन्। युवाहरुको माझ लोकप्रिय अनिल युवाहरुकै सल्लाह र आग्रह अनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका छन। अनिल भन्छन मसंग केही भिजन र कार्ययोजना छन्। त्यो योजना ल्याएर युवाहरूको प्रतिभा प्रस्तुत गर्ने छु।

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनको छ । विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरु मार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले बताएका छन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?