Thursday July 29, 2021

एनआरएनए युरोप उप-संयोजकमा ललित न्यौपानेले उम्मेदवारी दिदै

६ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1160


एनआरएनए युरोप उप-संयोजकमा ललित न्यौपानेले उम्मेदवारी दिदै

शीतलपाटीन्युज डटकम।
लण्डन। एक दशकदेखि गैरआवासीय नेपाली संघका विभिन्न समितिमा रहेर कार्यभार सम्हालि सकेका व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रिय उपसंयोजकमा उम्मेदवारी दिने हुनु भएको छ।

 


एनआरएनए युकेको कार्यसमिति सदस्य, सहकोषाध्यक्ष,उपाध्यक्ष र हाल अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रही सक्नु भयका न्यौपाने एनआरएनएमा लागेर आफूले आर्जन गरेको ज्ञान र अनुभव युरोप क्षेत्रमा विस्तार गर्न सो पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउँछन् ।

एनआरएनए बाहेक पनि उहाले बेलायतका आधादर्जन सामाजिक संस्थाहरुमा सल्लहाकार रहि सेवा गरि सक्नु भयको छ। सामाजिक कार्यमा दिल खोलेर सहयोग गर्ने झापा जिल्ला घर भएका न्यौपाने अन्तर्रास्ट्रिय झापाली समाजका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ्। हाइली स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गत २००५ मा बेलायत आउनु भएका न्यौपानेको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा लगानी छ ।

एमए,बीएलसम्म अध्ययन गरेका न्यौपानेले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको शाखा प्रबन्धक भयर काम गरेको अनुभव छ। अध्यात्म र साहित्यमा रुची राख्ने न्यौपाने फुर्सदको समयमा दैनिक मुक्तक लेख्न मन पराउँनु हुन्छ। सबै मानिसलाई सुख, शान्ति र सम्वृद्धि पुर्याउने सपना बोकेका न्यौपाने जीवन विज्ञान युके स्थापना गराउन र सोको गतिविधि फैलाउनमा पनि क्रियाशील हुनुहुन्छ्।

अहिलेको डिजीटल बिश्वमा नेपाल र नेपालीको पनि संलग्नता गराई प्रबिधीबाट फाइदा लिन प्रो इलाइट क्लब खोलेर न्यौपानेले भर्चुअल माध्यमबाट शिक्षा दिदै भबिष्यमा आफ्नो प्रतिवद्धता पत्र समेत राखी एक कार्यक्रम मार्फत चाँडै सार्वजनिक गर्ने जानकारी पनि दिनु भयको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?