Saturday October 24, 2020

बेलायतमा २०२१ मा हुने जनगणनाको अभ्यास नेपाली समाजमा पनि शुरु

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1869



शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन।युके तथ्याड्क बिभागले हरेक १० बर्षमा गर्ने जनगणना २०२१ मा गर्ने भयको छ। यस अघी २०११ मा युकेमा जनगणना भयको थियो र ६३ करोड २ लाख जनसंख्या गणना गरीयको थियो।त्यो जनसंख्यामा  ३१ करोड पुरुष र ३२ करोड २ लाख महिला भयको रेकर्ड गरीयको थियो।

जनसंख्यालाई गणना गर्ने अफिसीयल कामलाई सेनसस भनिन्छ।सरकारले सेनसस गर्दा राष्ट्रको जनसंख्या र अन्य डाटाहरु तयार गर्दछ । त्यो गणना भीत्र राम्रो सुचना दिन सकियमा हामी नेपालीको पनि पहिचान आउन सक्छ । सोही बिषयलाई समेट्दै हिजो भेटघाट रेष्टुरेन्ट अल्डरसटमा युके नेपाल फ्रिन्डसीप सोसाइटीले एक सेन्सस प्रिजीन्टेसन कार्यक्रमको आयोजना गर्यो । युके नेपाल फ्रिन्डसीप सोसाइटीका सीइयो अलान मरसेल सान्काको समुहले आयोजना गरेको सो कार्यक्रममा नेपाली समाजका तर्फबाट मेजर रीटायर्ड डम्मर घले एमबिईले नेपाली समाजलाइ सहजीकरण गरी सेवा पुर्याउन संयोजकको भुमीका निर्वाहा गर्नु भयको थियो । 

अनलाइनबाट गणना गरीने सेन्ससमा जनताको नाम, लिड्ग, उमेर, पेसा,प्रपर्टी डिटेल, आर्थीक अवस्था, शीक्षा, घर, टेक्स आदी खुल्ने गरी नागरीक आफैले भर्नु पर्ने हुन्छ । यदी यो फाराम भर्दा सही भरीयन भने आफ्नो स्टाटस पनि फरक पर्ने र नेपालको पहिचान पनि नआउन सक्ने हुदा हिजो प्रस्तुत गरीयको कार्यक्रम जनतालाई बुझाउन गरीयको कार्यक्रम हो । यस्ता कार्यक्रमहरु भविस्यमा पनि हुने र सामाजीक अभीयन्ताहरुले धेरै बुझेर जनताहरुलाई सीकाउनु कर्तब्य हनेछ । यसै कुरालाई मध्य नजर राख्दै हिजो सम्पन्न भयको जनगणनाको सेन्सस प्रस्तुतीकरणमा धेरै सामाजीक संस्थाका प्रमुखहरुको उपस्थीती रहेको थियो । बरीष्ठ समाजसेवी मेजर रीटायर्ड डम्मर घले एमबिईको नेतृत्वमा तमुधी युके अध्यक्ष ज्ञाम गुरुड्ग, सहारा युके अध्यक्ष मीन गुरुड्ग, मगर संघ युके अध्यक्ष नेम थापा, एनआरएन उपाध्यक्ष पुनम गुरुड्ग,एवम सेर बहादुर सुनार, पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुड्ग, रसमोर नेपाली कम्युनीटीका अध्यक्ष जीव बेलवासे,समाजसेवी नन्द कुमारी गुरुड्ग, रीटायर्ड मेजर खीम गौचन, पत्रकार महासंघ युकेका सचीव पुर्ण गुरुड्ग, तमुधी युके महासचीव कृष्ण गुरुड्ग, बाचस्पति रेग्मी, सारदा गुरुड्ग, हेम गुरुड्ग समेत गरी ४० जनाको उपस्थीती थियो ।

बेलायतमा रहेर हाम्रो पहिचानको लागी यो सेनसस पछि नेपाली ब्रिटीस भनीने पहिचान र विभीन्न पहिचानले नेपाली भनेर चिनिने गराउन जनगणनाको बिषय राम्रो गरी अध्यन गरी अनलाइन फर्म भर्न सक्ने हुने बन्न यस्ता प्रस्तुतीकरणले सहयोग पुर्याउने आसा गर्न सकिन्छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?