Saturday September 18, 2021

स्कटल्याण्डको चाहाना अध्यक्षमा रोजिना, उपाध्यक्षमा छबिलाल अर्याल, राज्य समितीको अध्यक्षतमा दिवाकर पाण्डे

६ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 4982


स्कटल्याण्डको चाहाना अध्यक्षमा रोजिना, उपाध्यक्षमा छबिलाल अर्याल, राज्य समितीको अध्यक्षतमा दिवाकर पाण्डे

बिदुर खत्री,
स्कटलैण्ड।

आगामी सन्  २०२१ - २०२३ को लागी जुलाई ३१ मा हुन गईरहेको गैरआवासीय नेपाली संघ बेलायत को निर्वाचन मा स्कटल्याण्ड राज्य बाट प्रतिनिधीत्व गर्ने गरी उक्त गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य संमनमय परिषदका बर्तमान अध्यक्ष छबिलाल अर्यालले उपाध्यक्ष पदका लागी उम्मेदवारी मनोनयन गरेका छन् ।

 


सन् २०१९-२०२१ लागी उक्त स्कटल्याण्ड राज्य संमनमय परिषदको अध्यक्ष पदमा निर्वाचित भए पश्चात हाम्रो मातृभूमि नेपालको छिमेकी मुलुक भारत संग सिमानाको बिबादको सन्दर्भमा स्कटल्याण्डमा बसोवास गर्ने सबै गैरआवासीय नेपालीहरुको तर्फबाट ज्ञापनपत्र बुझाउँने देखी बिगत एक बर्ष भन्दा बढी समय देखी बिश्वलाई आतंकित बनाई रहेको कोभिड १९ को असरबाट यस राज्यमा रहेका गैरआवासीय नेपालीहरु लाई यथासक्य आबश्यक सहयोग पुर्याउने अभिप्रायले यहाँ रहेका सबै १४ वटा सामाजिक संघ  संस्था हरु संग संमनमय गरी कोभिड राहत समिति गठन गरी तयारी अबस्थामा रहनुका साथै आबश्यक सहयोग प्रदान गर्दै आएको थियो। पहिलो चरणमा मातृभूमि नेपाल लाई गैरआवासीय नेपाली संघ बेलायत ले कोभिड १९ को लागी सहयोग प्रदान गर्दा यस कोभिड राहत समिति ले प्रदेश ७ मा २ वटा अक्सिजन  कनसन्टेटर सहयोग गरिएको थियो ।साथै दोस्रो चरणमा कोभिड १९ बाट मातृभूमि नेपाल अत्यन्तै प्रभाबित भईरहँदा गैरआवासीय नेपाली संघ बेलायत संग सहकार्य गरी पुनः गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समिति र कोभिड राहत समितिको पहलमा यहाँ रहेका १४ वटा सामाजिक संस्थाहरु,परोपकारी समुह हरू,सामाजिक अभियन्ता हरूको सहयोगमा २० वटा अक्सिजन कनसन्टेटर मेसिनहरु पठाई मातृभूमि नेपाललाई सहयोग पुर्याउँन सफल भएको छ।यसका आलावा यो नै  पहिलो निर्वाचित कार्यसमिति भएकोले गैरआवासीय नेपाली संघ बेलायतको बिधानले स्पष्ट रूपमा राज्य संमनमय परिषद्लाई दिएको अधिकार र कर्तव्यको पालन गर्ने र गराउँने चरणमा रहेको हुँदा यस कार्यसमितिको हरेक निर्णय र कामकारबाही हरू संस्थागत हित र संस्थालाई बैधानिक थितिमा बसाउँने तर्फ केन्द्रित हुनु पर्छ भन्ने कुरामा स्पष्ट र दृढ छ।

 


यसरी स्कटल्याण्ड भर बसोबास गर्ने सबै गैरआवासीय नेपालीहरुका माँझ गैरआवासीय नेपाली संघको आबश्यकता, यसको हित र गरिमालाई प्रबल बनाउँदै लगिएको तथा अझै भबिष्यमा यस अभियानलाई सुदृढ बनाउँने उद्देश्यले आफ्नो उम्मेदवारी घोषणा गरिएको उनले स्पष्ट पारेका छन्।साथै उनको उम्मेदवारीलाई स्कटल्याण्ड भरीका सामाजिक अभियन्ताहरु जोनी पहारी,बिदुर खत्री, दिवाकर पाण्डे, यज्ञमुर्ती ढकाल,राम प्रसाद कंडेल,कृष्णा देबकोटा, दिलु गैरे,मोती खरेल तथा अन्य धेरै सामाजिक अभियन्ताहरूको सहयोग र समर्थन रहेको तथ्य समेत उजागर गरेका छन् ।यसबाट उनी आफ्नो बिजय हुनेमा सुनिष्चित देखिएका छन् ।

अर्को तर्फ गैरआवासीय नेपाली संघ बेलायतको बर्तमान कार्यसमितिले बेलायत भर छरिएर रहेका धेरै संघ संस्थाहरु र परोपकारी सामाजिक अभियन्ता हरूबाट दुई करोड भन्दा बढी सहयोग प्राप्त गरी कोभिड १९ बाट छटपटाईरहेको मातृभूमि नेपालको पिंडामा केही मलाम लगाउँन सफल हुनु बेलायत भर बसोबास गर्ने सबै गैरआवासीय नेपाली हरुको लागी खुसीको कुरा हो  यसबाट गैरआवासीय नेपाली संघको इज्जत र प्रतिष्ठामा बढोत्तरी भएको अपेक्षा गरिएको छ।यस अभियानमा बर्तमान कार्यसमितीकी उपाध्यक्ष श्रीमती रोजिना प्रधान राईले समेत उल्लेख्य भूमिका निर्बाह गरेकी र आगामी २०२१-२०२३ कार्यकालको लागी गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदको लागी उम्मेदवारी मनोनयन गरी सकेकोले उनलाई नै समर्थन गरेर अगाडी बढ्ने कुरा समेत स्कटल्याण्ड बाट उपाध्यक्ष पदका प्रत्यासी श्री छबिलाल अर्यालले स्पष्ट पारेका छन् । गैरआवासीय नेपाली संघको जन्मभूमि बेलायतमा  बिगत केही समय देखी गैरआवासीय नेपाली संघको इज्जत र गरीमामा आँच पुर्याई रहेका केही  सक्तिहरूबाट संघलाई बचाउँनु पर्ने जिम्मेवारी समेत बेलायत भर बसोबास गर्ने गैरआवासीय नेपाली हरुको काँधमा आएको छ। साथै उनलाई सहयोग र समर्थन गर्ने स्कटल्याण्डका सबै सामाजिक अभियन्ताहरु र सम्पूर्ण जन समुदायको समेत  अध्यक्ष पद की प्रत्यासी श्रीमती रोजिना प्रधान राईलाई सहयोग र समर्थन रहने बिश्वास समेत दिलाएका छन्। यसबाट गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्ष पद श्रीमती रोजिना प्रधान राईको पोल्टामा पर्ने सुनिष्चित भएको छ।
साथै यस राज्य संमनमय परिषदका निबर्तमान सचिव दिवाकर पाण्डेले आगामी २०२१-२०२३ कार्यकालको लागी अध्यक्ष पदका लागी उम्मेदवारी मनोनयन गरेका छन्। युवा रेष्टुरेण्ट व्यवसायी पाण्डेले यस राज्य समितीलाई गैरआवासीय नेपाली संघ युकेको बिधान २०१७ को परिच्छेद ९ (क) ले प्रत्याभूती गरेका बैधानिक ब्यबस्थाहरू लाई  कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्।जसको फलस्वरुप यस राज्य समितिले आफ्नो ऐतिहासिक पहिलो महाधिवेशन यही जुलाई 12 मा सम्पन्न गरि सकेको छ। साथै यस राज्य समितीको आगामी कार्यसमितिको निर्वाचनको उम्मेदवार मनोनयन गर्दा तिर्नु पर्ने रकम समेत यसै राज्य समितीको बैंक खातामा जम्मा गर्न सकिने ब्यबस्थाको सुरुवात गरेर यस राज्य समितीलाई आर्थिक रूपमा महत्वपूर्ण योगदान गर्न सफल भएका छन्। यसबाट स्कटल्याण्ड बासी सम्पूर्ण गैरआवासीय नेपाली हरु दिवाकर पाण्डेलाई आगामी कार्यकालको अध्यक्ष को रूपमा हेर्न आतुर देखिएका छन्।
       




मतहरू

Lorrine

General admission runs from 9:00am 5:00pm. That will cost you just $10 bucks. Paul Burgerz Dogz1947 SchuetzMaryland Heights, MoFundraiser: May 23 29. Cohen said Cardinal also must, by Friday, repay the state $3. cheap jordans china cheap jordans online cheap yeezy

Alta

4. A turkey will cook more evenly if it is not densely stuffed. cheap Air max cheap jordans real cheap yeezy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?