Saturday September 18, 2021

१९औ गोर्खा कप फुटबल भब्य, "एलजी लाइन्स क्लव" प्रथम

१० श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1308


१९औ गोर्खा कप फुटबल भब्य, "एलजी लाइन्स क्लव" प्रथम

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतको नेपाली समुदायमा आयोजना हुदै आयको नेपाली समाजमा हुने ठूलो खेल इभेन्ट १९ औं संस्करण गोर्खा कप हिजो २४ जुलाई २०२१ भब्य रुपमा सम्पन्न छ। १९औ संस्करणको ३२ टीमको सहभागिता रहेको सो कप "एलजी लायन्स" क्लबले जितेको छ।

 


तमु धिं यूकेको आयोजनामा शनिबार अल्डरसटको क्वीन्स् एभिन्यूमा सम्पन्न प्रतियोगितामा मुख्य विधातर्फ सहभागी कुल ३२ टीममध्ये सर्वोत्कृष्ट ‘एलजी लायन्स’ ले उपाधि जितेको छ। हजारौं दर्शकमाझ खेलिएको प्रतिस्पर्धात्मक फाइनल खेलमा ‘एलजी लायन्स’ ले ब्रिगेड ब्वाइजलाई १ शून्य गोलको अन्तरले हराएको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि थपिएको अतिरिक्त समयमा ‘एलजी लायन्स’ले निर्णायक गोल गरेको थियो। यसैगरी १० टीम सहभागी भेट्रानतर्फ फाइनलमा ब्रिगेड ब्वाइज क्लबले ‘बीबीसी’ ईलाम एफसीलाई हराउँदै विजेता भयो।


मुख्य बिधा तर्फ उपाधि विजेताले नगद २५ सय पाउन्ड सहित ट्रफी र मेडल प्राप्त गरेका थिए भने उपविजेता टीमलाई १५ सय पाउन्ड नगदसहित ट्रफी र मेडल,सर्टिफिकेट पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगिताको मुख्य विधामा उत्कृष्ट खेलाडीको पुरस्कार एलजी लायन्स क्लबका ओलीले र धेरै गोल हान्‍ने हुलीले पाएका थिए।

 

उत्कृष्ट म्यानेजरको पुरस्कार बीबीसीका दीपेन्द्र गुरुङले प्राप्त गरे।भेटेरानतर्फ विजेता र उपविजेतालाई क्रमश: नगद १२ सय पाउन्ड र ८ सय पाउन्डसहितको पुरस्कार वितरण गरियो ।

 


विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस, विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ,आयोजक तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ तथा पुरस्कारका प्रायोजकहरुले पुरस्कार,ट्रफी तथा मेडलहरु वितरण गरेका थिए। प्रतियोगिताको फाइनल खेलअघि तमुधिं यूकेका संस्थापक तथा पूर्वअध्यक्ष र अग्रजहरुले ‘फेयर प्ले ब्यानर’ प्रदर्शन गरेका थिए ।

 


सम्पन्न औपचारिक समारोहमा प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस र विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य राख्दै गोर्खा कपले बेलायतको नेपाली समुदायलाई एकताबद्ध गर्ने काम गरेको भन्दै प्रशंसा गरेका थिए। आयोजक तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण खेलाडी,सहयोगदाता, मिडिया एवम् समुदायलाई धन्यवाद ज्ञापन गरेका थिए। इभेन्ट संयोजक क्या देव घलेले प्रतियोगिताबारे जानकारी गराएका थिए।

 


सास्कृतिक कार्यक्रम, बाजागाजा, ब्यापारीकस्टल, फुडस्टलले सजियको समारोहस्थलमा नेपाली भेष भुषा पहिरनले अत्यन्त रमणीय थियो भने तमुधी युकेका सदस्यहरू र आमा समुहको टोलीले पाहुनालाई स्वागत गर्दै आवस्यक सेवा दिएको पाइन्थ्यो। आगन्तुक पाहुनाहरू पनि आफन्तसंगै भेट भयर रमाइलो मानेको देखिन्थ्यो। मौषम पनि अलिकति क्लाउड हुदै साथ दिएको र भर्खरै कोरोना महामारीको लकडाउन खुलेपछिको यो इभेन्टस् अत्यन्त सफल रह्यो।

तमु धिं यूकेको आयोजनामा सन् २००३ देखि वर्षेनी हुँदै आएको गोर्खाकप कोभिड महामारीका कारण गत वर्ष हुन नसके पनि कोभिड त्रास, बिहानैदेखिको घुर्मिलो मौसमका बाबजुद पनि यसपटक गोर्खाकप हेर्न बेलायत भरबाट करिब ५ हजार दर्शक समारोहस्थल पुगेका थिए। कार्यक्रममा सयपत्री कल्चरल ग्रुप,धौलागिरि नौमती बाजा, सपन कुमार राईको साङीतिक लगायतका सांस्कृतिक प्रस्तुतिले पनि विशेष रौनक थपेका थियो। बाक्लो बादलका कारण प्यारासुट डिस्प्लेको कार्यक्रम भने स्थगित गरिएको थियो।

नेपालीमुलका मेयर बिष्णु बहादुर गुरूङ, उपमेयर लछ्य गुरूङ काउन्सीलरहरू प्रवेश केशी,जीव बेलवासे,नेम थापा एवम एनआरएनए युके अध्यक्ष पुनम गुरूङ , तमुधी युके संस्थापक अध्यक्ष मीन गुरूङ, पुर्व अध्यछज्युहरू उपस्थिती रहेको सो कार्यक्रम भिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेनिटाइजर,मास्कहरू उपलब्ध रहेको कार्यक्रमस्थलमा विभिन्न सुरक्षा सतर्कताहरु अपनाइ भब्य बनाइएको थियो।

फोटो: एस के गुरूङ 




मतहरू

Alonzo

Buen contenido, gracias por el aporte chalet de putas sevilla

WilliamDen

dating sites free no registration dating violence

KevinDyerm

best gay dating sites 2021 gay dating video gay dating in miami

Brianwax

canadian viagra suppliers to buy viagra super force in london - cheap viagra in las vegas nv http://viagracnd.com/# viagra australia website viagradiscount generic viagra india online cheap generic viagra online australia

KevinDyerm

gay dating site phone number top uk gay dating sites free mobile gay dating

KevinDyerm

bdsm gay dating sites gay black male dating tall gay men dating

KevinDyerm

romeo gay dating site zagit gaymalov gay dating gay snapchat dating

PatrickVep

bee gay dating site gay dating seattle gay dating agencies

PatrickVep

gay+horse+dating gay online dating art gay dating in ireland traveler

MichaelHem

free gay dating sites canada gay chubbby dating gay women dating older women

HenryHox

gay dating username gay dating sites sites [url="http://dating-gaym.com?"]age difference gay teen dating[/url]

HenryHox

black gay dating sites interracial gay dating sites [url="http://gaydatinglosangeles.com/?"]gay dating philippines[/url]


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?