Saturday September 18, 2021

एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार केसीको शसक्त प्रतिबद्धता

१३ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1300


एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार केसीको शसक्त प्रतिबद्धता

शीतलपाटीन्युज डटकम।
लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी क्रियाशील महिला अभियन्ता सरस्वती केसीले आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गरेकी छन् ।

भूपू गोर्खासहित बेलायतमा रहेका करिब दुई लाख नेपालीहरुको हकहित,संघको भविष्य र संस्थामा महिला सहभागिता जस्ता विषयहरु केसीका प्रमुख एजेन्डा छन् ।

एनआरएनए यूकेमा बढ्दै गएको बेथिती-विसंगति, अराजकता नियन्त्रण एवं पारदर्शीतासहित संगठन सुदृढीकरणका लागि उम्मेद्वारी दिएको उनले बताएकी छन्। केसीले महिला सशक्तिकरण लगायत सामाजिक रुपान्तरणका लागि नेपालमा डेढ दशक लामो अनुभव बटुलेकी छन्। पछिल्लो दुई वर्ष संस्थामा रहेर काम गरेको अनुभवबाट थप उत्साहित बन्दै समाजसेवामा अझ बढी सक्रिय बन्ने उनको लक्ष्य छ ।

अघिल्लो निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएकी केसी कार्यसमितिका हरेक गतिविधिमा सहभागिता र साथ दिएका कारण पनि केसी आसन्न निर्वाचनमा सशक्त दावेदारको रुपमा प्रस्तुत भएकी छन् । झण्डै दुई दशकअघि बेलायत आएर सामान्य संघर्षपूर्ण जागिरे जीवन हुंदै अहिले लन्डनमा रेष्टुरेन्ट व्यवसाय सन्चालन गरिरहेकी केसी च्यारिटी कर्ममा सधैं अग्रपंक्तिमा छिन्। सस्तो लोकप्रियताभन्दा व्यवहारमा काम देखाउने, स्पष्ट वक्ता, सहयोगी र मिजासिलो स्वभावका कारण उनी बेलायतमा सबैको ‘प्रिय’ छन् ।

नेपालमा अन्तरराष्ट्रिय डेनिस सहयोगी संस्थामा दशकबढी काम गरेकी सरस्वती महिला सशक्तिकरणकी प्रशिक्षिका र अधिकारकर्मी पनि हुन्। हाल उनले निर्वाचनको सिलशिलामा  बेलायतका विभिन्न भागमा आफ्ना गतिविधिलाई तीव्रता दिदै आएकी छन् ।

सरस्वती केसीका प्रतिबद्धता-



नेपालीको लागि नेपाली भन्ने मूल नारासहित सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले करिब दुई दशक पूरा गरेको छ। संघको आगामी १० औँ महाधिवेशनको लागि अहिले विश्वभर छरिएका राष्ट्रिय परिषद्हरुमा निर्वाचन भइरहेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेको नयां नेतृत्वको लागि यही ३१ जुलाईमा निर्वाचन हुँदैछ । भूपू गोर्खासहित बेलायतमा रहेका करिब दुई लाख नेपालीहरुको हक–हितका लागि आवाज उठाउँदै आएको एनआरएनए यूकेको उज्जल भविष्यको लागि नेतृत्व चयन गर्ने सुर्वण अवसर तपाईहरु समक्ष आइपुगेको छ ।

संघको बृहत्तर हित र भविष्यको लागि संस्थामा महिला सहभागिता समेत अपरिहार्य हुन पुगेको छ । विगत १५ वर्षमा नेपालमा रहँदा विभिन्न एनजीओ आइएनजीओसँग काम गरेको अनुभव र बेलायतमा लामो समय सम्म समाजसेवामा खर्चिएको समयले आफुले धेरै कुरा सिक्न र समाजको लागि केही गरौँ भन्ने भावना जागृत भएको छ ।

एउटा सबल र सक्षम नेतृत्वले हाम्रा मुद्दाहरुलाई संघ मार्फत अन्तिम निष्कर्शमा पुरयाउन सकिन्छ । बेलायतमा रहेको नेपाली दोस्रो पुस्ता, महिला, युवा, भूपू गोर्खा, प्राज्ञिक व्यक्तित्व लगायतका समस्याहरुको बारेमा मन्थन गर्ने साझा चौतारीको रुपमा एनआरएनए यूके स्थापित भएको छ ।

यो साझा चौतारीमा बसेर बेलायतमा रहेको नेपाली समुदायका समस्या र चुनौतीहरुलाई समाधान खोज्न संघको महिला उपाध्यक्षको रुपमा उभिएर काम गर्ने अठोट लिएकी छु । यो अभियानमा यहाँको सहयोग अमुल्य मत दिएर विजयी गराउनु हुन विनम्र अनुरोध गर्दछु ।

गैरआवासीय नेपाली संघका नियमित मुद्दाहरुलाई निष्कर्षमा पुरयाउने विशेष पहल गर्दै देहाय बमोजिमका प्रतिबद्धता लिएर आएकी छु।
श्रोत: नेपालीलिङ्क।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?