Tuesday December 07, 2021

युवा संयोजकमा अनिलको अपील

१६ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1315


युवा संयोजकमा अनिलको अपील

राजन खकुरेल।
लण्डन। गैरआवासीय नेपाली संघ यूकेको युवा संयोजक पदमा यूवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) पनि सक्रिय रुपमा बेलायतका विभिन्न भागमा प्रचार प्रसारमा लागेका छन्। आफूले पाएको साथ र सहयोगले गर्दा आफ्नो विजय सुनिश्चित रहेको मल्ल बताउछन् । २ अगस्त २०२१का लागि निर्धारित एनआरएन यूके निर्वाचनमा उनले सो पदमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि यूवाहरुको सहभागिता अहिलेसम्म नगण्य जस्तै छ। संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’- अनिल भन्छन्।।सफल व्यवसायी तथा समाजसेवी बेलायती समाजमा एक सफल  व्यवसायीका रुपमा स्थापित मल्ल समाज सेवामा पनि उत्तिकै सक्रिय रहँदै  आएका छन्। एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् ।

हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन्। युवाहरु माझ लोकप्रिय अनिल युवाहरुकै सल्लाह र आग्रह अनुसार एनआरएन यूके युवा संयोजकमा उम्मेदवारी  दिएका अनिलसंग केही भिजन र कार्ययोजना छन् ।

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनीसंग छ।
विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए । युवा समाज सेवी मल्लले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?