Wednesday October 20, 2021

बेलायतको रश्मोर काउन्सिलले पठायो भगिनी संस्था गोरखा नगरपालिकालाई ७० लाखको पीपीइ

२२ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1913


बेलायतको रश्मोर काउन्सिलले पठायो भगिनी संस्था गोरखा नगरपालिकालाई ७० लाखको पीपीइ

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्ला गोरखा नगरपालिकालाई ठूलो परिणामको पीपीइ सहयोग पठाएको समाचार छ। गत बर्ष आफ्नो मितेरी सम्बन्ध कायम गरेको गोरखा नगरपालिकाका लागि रश्मोरका तर्फबाट पठाइएको ७० लाख रुपैँया बढीको पीपीइ पुगेर जुम मार्फत हेण्डवभर टेकनओभर भयो। सो समान गोरखा पुगिसकेको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले जानकारी दिनु भयको छ।

 


रश्मोर काउन्सिलले गोरखाका स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयम्सेवकहरुका लागि मास्क,ग्लोभ्स, एप्रोन,जुत्ता लगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो। गोरखा नगरपालिकाले प्राप्त पीपीइ जिल्लाका अन्य क्षेत्रमा समेत वितरण गरिने बताएको छ। 

 


सो सहयोग गोरखा पुगी सकेकोले हस्तान्तरणको औपचारिकताका लागि बिहीबार एक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो। रश्मोर बरोका मेयर ब्रुस थोमसले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई जुम मार्फत संबोधन गर्दै रसमोर बरो काउन्सीलले पठाएको सहयोग प्राप्त भय नभयको सोध्नु भयको थियो। गोरखा नगरपालिकाका मेयर राजनराज पंतले रसमोर बरो काउन्सिलका मेयर ब्रुस थोमसलाई धन्यवाद दिदै स्वास्थ्य सम्बन्धी पिपिई पठाई सहयोग गरेकोमा धन्यवाद दिनु भयो।

 


त्यस जुम मार्फत पिपिई सहयोगको हेण्डवभर टेकवभर कार्यक्रमका अवसरमा रश्मोर बरोका काउन्सिलका मेयर ब्रुस थोमस, काउन्सील लिडर डेभिड क्लिफोर्ड,काउन्सिलरहरु जीव बेल्वासे र नेम थापा, काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भर, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राई,गोर्खा वेल्फेयर ट्रष्टका ग्यारी घले,पूर्व डिएसपी एवम शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी लगायतको सहभागिता थियो। त्यस्तै, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त,उपमेयर बिना श्रेष्ठ,प्रमुख प्रशासकीय दिनेशराज पन्त समेतका अधिकृत अधिकारीहरुको उपस्थिति थियो। 

 


रसमोर बरो काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भरले संचालन गरेको सो सहयोग हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका मेयर ब्रुस थोमसले उपलब्ध सहयोग गोरखावासीको स्वास्थ्य सुरक्षाका लागि सहयोगी बन्ने आशा व्यक्त गरे। गोरखाका मेयर पन्तले रश्मोरबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गरे। त्यस अवसरमा रश्मोरका काउन्सिल लिडर डेभिड क्लिफोर्डले उपलब्ध गराइएको सहयोगबारे जानकारी गराएका थिए। भविष्यमा पनि भगिनी सम्बन्ध रहेको गोरखा नगरपालिकालाई सहयोग गर्न तयार रहेको भन्दै खोपहरूका बारेमा काउन्सील लिडर डेभिड क्लीफोर्डले चासो राखेका थिए। कोरोना नियन्त्रण भयपछि अर्को बर्ष गोरखाको भ्रमण गर्ने योजना रहेको बताएका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?