Wednesday October 20, 2021

भारी मत अन्तरले शशांक शर्मा बिजयी

२३ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1448


भारी मत अन्तरले शशांक शर्मा बिजयी

शीतलपाटीन्युज डटकम।
लण्डन। एनआरएनए युकेको हालै सम्पन्न निर्वाचनमा सह-कोषाअध्यक्ष पदका उम्मेदबार शशांक शर्माले करिब ११ हजारको भोटिङ अधिकार भएको गैर आवासिय नेपाली संघ बेलायतमा आफ्ना प्रतिद्धन्दी हेम कुमार गुरुङलाई करिब २१०० मत को अन्तरले पराजित गरेका छन।

यो बिजय गैर आबासिय नेपाली संघ बेलायतको २०औ बर्षको इतिहासमा सबै भन्दा बढी मतान्तरको बिजय हो। शर्मा बाग्लुङ सर्कुवा मौलाछका हुन र यही जिल्लाको जनता माबि सर्कुवाबाट स्कुल लेभल र त्रिभुबन बिश्वबिद्धालय केन्द्रिय क्याम्पस किर्तीपुरबाट उच्च शिक्षा पुरा गरेका थिए।

समाजशास्त्रमा बिद्धाबारिधी गर्न युरोप पुगेका शशांक बिभीन्न कारणले बिद्धाबारिधी गर्न नपाई २००७ बाट बेलायतमा ब्यापार र समाजका बिभीन्न क्षेत्रमा काम गर्दे आएका छन। आगामी कामको बारेमा प्रस्न गर्दा शशांक गैर आबासिय नेपाली संघ बेलायतमा यो पद सानो भएपनी यसमा रहेर काम गर्ने बताएका छन।  आम नेपालीहरु बिच बिश्व स्तरको सामाजिक सम्बन्ध बनाउने र काम गर्ने बाटो बनेकोमा शशांकले गैर आबासिय नेपाली संघ बेलायतका मतदाताहरुमा हार्दिक आभार प्रकट गरेका छन। करिब दुई लाख बराबरको नेपाली बसोबास रहेको बेलायतमा ११५६३ जनाले यो मतदानमा प्रतिनिधीत्व गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?