Wednesday October 20, 2021

एनआरएन इंग्लाण्ड राज्य परिषद, युकेको अध्यक्षमा लालबहादुर गुरुङ निर्वाचित

२३ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1232


एनआरएन इंग्लाण्ड राज्य परिषद, युकेको अध्यक्षमा लालबहादुर गुरुङ निर्वाचित

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। गैर आवासीय नेपाली संघ, इंग्लाण्ड राज्य समन्वय परिषद युकेको अध्यक्षमा लालबहादुर गुरुङ (एलबिजेड) निर्वाचित भएका छन्। गैर आवासीय नेपाली संघ इंग्लाण्ड राज्य समन्वय परिषद, युके २०२१–२०३१ को नयाँ कार्यसमितिका लागि भएको निर्वांचनमा गुरुङले अध्यक्षका अर्का उम्मेद्वार डा. मीन रानाभाटालाई पराजय गरेका हुन् ।

वर्तमान कार्यसमितिमा इंग्याल्याण्ड राज्य परिषदको उपाध्यक्ष समेत रहेका गुरुङले एनआरएन युकेको युवा संयोजक लगायतका पदहरुमा लामो समयदेखि काम गरेको अनुभव छ। बिजयी भए लगत्तै उनले सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं सामाजिक सञ्जालमा लेखेका छन्,‘निर्वाचन कसैलाई माथि चढाउने र कसैलाई तल गिराउने मानसिकताको उपज होइन, यो त लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो। यही अभ्यासमा भाग लिँदा तपाइँहरुको अमूल्य मतले मलाई नेतृत्वमा पुराएको छ। यो मेरो मात्र जित होइन, लोकतन्त्र, सामूहिकता र एजेण्डामा विश्वास गर्नेहरुकै हो। म मा जितको उन्माद छैन। न त हार्ने साथीहरुमा हारको हिनतावोध हुन जरुरी छ।’

संस्थामा जो पुगे पनि व्यक्तिगत स्वार्थका लागि नभई सामूहिक भावना र सामूहिक एजेण्डामा रहेर काम गर्नका लागि हो। त्यो सामूहिकतामा सबै जनालाई समेट्ने कोसिस गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्। यस्तै उनले संस्थागत विकास,यसको मर्यादा र गरिमालाई अझै ओझपूर्ण बनाउन हरदम लागि नै रहने पनि बताएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका अन्तर्गत कोल्मा घर भै अल्डरसट युके निवासी गुरुङले पर्यटकीय कोल्मा र राईपुरको पर्यटन प्रबर्द्धनका लागि बिभिन्न कार्यक्रम समेत गर्दै आईरहेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?