Wednesday October 20, 2021

कोषाध्यक्षमा बिजयी बिष्णु खरेलले सम्पूर्ण मतदाताप्रति व्यक्त गरे आभार, आर्थिक पारदर्शिता खरेलको लक्ष्य (वक्तव्य सहित)

२४ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 2014


कोषाध्यक्षमा बिजयी बिष्णु खरेलले सम्पूर्ण मतदाताप्रति व्यक्त गरे आभार, आर्थिक पारदर्शिता खरेलको लक्ष्य (वक्तव्य सहित)

शीतलपाटीन्युज डटकम।
लन्डन -- एनआरएनए युकेका नवनिर्वाचित कोषाध्यक्ष बिष्णु खरेलले आफुलाई विजयी बनाउने सम्पूर्ण मतदाता तथा बेलायतस्थित सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्। निर्वाचन कमिटिले शुक्रबार राती अबेर नतिजा प्रकाशित गरी कोषाध्यक्षमा खरेलले  जीत हासिल गरेको घोषणा गरेको थियो।

नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका खरेलले यस वर्ष मात्रै करिब २० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन्। उनले गरेका सहयोगमा मायाघर अनाथ आश्रम नेपाल, चितवन र धादिङका चेपाङबस्तीका बिपन्न परिवार,बुध्द फाउण्डेसन युके,भीसी कुलविर थापाको स्मारक निर्माणमा सहयोग,क्याट युके समेतलाई सहयोग गरेका छन। इमिग्रेसन एड्भाइजर एवम रेष्टुरेन्ट व्यवसायी खरेल आफ्नो तथा छोराछोरिको जन्मदिन पनि च्यारिटी सहयोगका लागी जन्मदिन मनाएर रमाउछन।

खरेलका यीनै लोकप्रिय कामले सबै उम्मेदवारले भन्दा बढी मत ल्याएर कोषाध्यक्षमा बिजयी बिष्णुले आर्थीक पारदर्शिता र ब्यवस्थापनमा अलग पहिचान दिने स्पष्ट पारेका छन।

कोषाध्यक्षमा बिजयी बिष्णु खरेलको बिज्ञप्ती-

सम्पुर्ण बेलायत बासी नेपाली बुबा आमा,दाजुभाइ दिदिबहिनी तथा साथीभाइहरूमा मेरो हार्दिक नमस्कार 🙏🙏

सर्बप्रथम त यहांहरु सबैले बिश्वास र भरोस गरेर गैर आवासीय नेपाली संघ बेलायतको कोषाध्यक्ष पदमा मलाई अत्याधिक मतका साथ बिजय गरिदिनु भएकोमा अग्रजहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि ज्युहरु, बेलायत बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी,सबैमा हार्दिक नमन🙏🙏

निर्वाचन कमिटी का संयोजक महेन्द्र कंडेल ज्यु तथा समितिका सदस्य ज्युहरुमा सफल रूपमा निर्वाचन  कार्य सम्पन्न गर्नुभएको मा यहाँहरुलाइ धेरै धेरै धन्यवाद 🙏

साथै विभिन्न माध्यमबाट शुभकामना तथा सफलकार्यकाल कामना व्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँ हरुको साथ र भरोसा लाई आत्मसात गर्दै आगामी दिनमा यो साथ र भरोसा लाई डगमगाउन दिने छैन यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

बेलायत बासी नेपालीहरुको आशा भरोसा भएको सस्था भएकोले चुनौती हरु पनि त्यतिनै छन् त्यस् का लागि सबैसँग समन्वय र सहकार्य गरेर चुनौती को सामना गर्न म लगायत सम्पुर्ण टिम आफ्नो तन मन ले भ्यायसम्म  काम गर्नेछ यो बिश्वास दिलाउन चाहन्छु।

यहाँहरु सबैको यस्तै निरन्तर  साथ र समर्थन को अपेक्षा गर्दै सबैमा धन्यवाद नमस्कार🙏🙏
 
सुरक्षित रहनुहोस खुशी रहनुहोस

जय NRNA

विष्णु प्रसाद खरेल
निर्वाचित कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ बेलायत




मतहरू

hydroxychloroquine dosage chart

Hi there would you mind sharing which blog platform you're working with? I'm looking to start my own blog in the near future but I'm having a difficult time deciding between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design and style seems different then most blogs and I'm looking for something completely unique. P.S My apologies for getting off-topic but I had to ask!


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?