Saturday September 18, 2021

"१४ औ रेडिङ कप फुटबल" ४ सेप्टेम्बर २०२१ मा आयोजना हुने

२५ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1284


"१४ औ रेडिङ कप फुटबल" ४ सेप्टेम्बर २०२१ मा आयोजना हुने

शीतलपाटीन्युज डटकम।
लण्डन । बिश्वब्यापी कोरोना कहरको कारण रेडिंग नेपाली समाजको एक बहुप्रतीक्षित फुटबल टुर्नामेन्ट  READING Cup Football लकडाऊनका कारण गत बर्ष आयोजना गर्न नसकिएता पनी यस बर्ष भने आयोजना गरीने भएको छ। आऊंदो ४ सेप्टेम्बर २०२१ शनिबारको दिन 14th Reading Cup Tournament पाल्मर पार्क रेडिङमा आयोजना गर्ने गरी आब्हान गरिएको सुचना समाजका अध्यक्ष्य टेक गुरुंगले शीतलपाटीन्युजलाई जानकारी गराऊनु भएको छ।

 


त्यस्तै ऊहांले सँधै झै रेडिंग नेपाली समाज सम्पूर्ण बेलायतबासी दाजुभाई दिदिबैनीहरुबाट यो कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागी ऊहांहरुको सक्रिय सहभागिता,सहयोग तथा सल्लाह र सुझाबको अपेक्षा गर्नुभएको छ। नेपालीहरु बीचमा गोर्खा कप पछाडीको यो नै ठुलो फुटबल टूर्नामेंट रहंदै आएको छ। बेलायत सरकारले यस्ता प्रकारका कार्यक्रमहरु स्वास्थ्य मामदण्ड पालना गर्दै संचालन गर्न अनुमती दिएको र युवाहरुको बीचमा यो साह्रै लोकप्रिय कार्यक्रम भएको हुंदा रेडिंग कप एक सालको अन्तराल पछी पुन आब्हान गरिएको हो।

रेडिंगको पाल्मर पार्क मैदानमा खेलाईने यो टुर्नामेन्टमा बढीमा २४ वटा टिमले खेल्ने मौका पाऊने छन् जस्मा १६ वटा युवा टीम र आठवटा वयस्कहरुको टिम दर्ता गर्न सकिने छ। टिम दर्ताको शुल्क £२५० राखिएको छ। युवा तर्फको पुरस्कार क्रमस पहिलो हुनेलाई £१६०० र दोश्रो हुनेलाई  £१००० राखिएको छ भने बयस्कको लागी क्रमस पहिलो हुनेलाई £१००० र दोश्रो हुनेलाई £५०० राखिएको छ। टिम दर्ताबाट ऊठेको रकमबाट मात्रै बिजेता खेलाडीहरुको पुरस्कार तथा सम्पूर्ण ब्यबस्थापकिय खर्च धान्न केहि रकम अपुग भएको हुंदा रेडिंग नेपाली समाजले संपूर्ण सुभेच्छुकहरुवाट  स्वेच्छिक आर्थिक सहयोगको पनी याचना गरेको कुरा  ऊहांले जानकारी गराऊनु भयको छ।

 हालै मात्र रेडिंग नेपाली समाजको कार्यसमिति बैठकले समाजका ऊपाध्यक्ष धन बहादुर राना मगरको संयोजकत्वमा चौधौं रेडिंग कप फुटबल आयोजक समिती गठन गरेको छ। जस्मा समाजका सबै छ जना ऊपाध्यक्षहरु क्रमस शुसिला गुरुंग। भीमसेन खड्का,यादब श्रेष्ठ,प्रेम लामा, एल बी सुब्बा र धन बहादुर रानामगर हुनुहुन्छ। प्रचारप्रसारमा कार्यवाहक महासचिव मनी सुबेदी र सचिब बिक्रम श्रेष्ठ हुनुहुन्छ भने अर्थ ब्यबस्थापनमा कोषाध्यक्ष सरोज थापा र सह कोषाध्यक्ष जगन्नाथ सापकोटा रहनु भएको छ। भोलेन्टिएर ब्यबस्थापनमा संस्थापकों ऊपाध्यक्ष भीमसेन खड्काको संयोजकत्वमा संस्थाका सबै कार्यसमिति सदस्यहरुको स्वयंसेवक समिती पनी गठन भएको कुरा हाल नेपाल रहनु भएका संस्थाका महासचिव ओमकार अधिकारीले जानकारी गराऊनु भयको छ।

हाल रेडिंग नेपाली समाजका सदस्यहरु ईमान सिंग राई,रुद्रजंग गुरुंग,तुल बहादुर गुरुंग,ऊदय घिसिंग  ,बन्दना खत्री ,रोमा गुरुंग ,हरिमाया गुरुंग,लक्ष्मण श्रेष्ठ,सुरेश जंग थापा, हिम्मत सिटौला, आस्बीन श्रेष्ठ,मोहन कटुवाल र बिनस  रिजाल ऊपाध्यय हुनुहुन्छ।

स्वेच्छिक रुपमा READING CUP FOOTBALL TOURNAMENT को लागी चन्दा प्रदान गर्नु हुने महानुभावहरूको लागी तलको Account number मा रकम जम्मा गरी जानकारी गराऊनु हुन समेत रेडिंग नेपाली समाजले अनुरोध गनुरोध गरेको छ।
Account number :- 53802132
Sort code: 20-65-20
Bank name :- Barclays
Account holders name :- GRNCA




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared by settlers around assorted a firing in Aeternum. He waved to a wooden hogshead hard by us, and I returned his gesture with a nod. He filled a glass and slid it to me across the stained red wood of the bar first continuing. “As a betting fellow, I’d be delighted to wager a above-board portion of silver you’re in Ebonscale Reach for more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the bow slung across my back. https://images.google.co.zw/url?q=https://renewworld.ru/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over to where I sat. “Designation’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by means of settlers about many a verve in Aeternum. He waved to a wooden butt hard by us, and I returned his token with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the excluding before continuing. “As a betting man, I’d be ready to wager a fair portion of enrich oneself you’re in Ebonscale Reach for more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the bend slung across my back. http://www.google.ad/url?q=https://renewworld.ru/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?