Wednesday October 20, 2021

अर्घाखाँची समाज युकेद्वारा एनआरएनए युके २०२१-२०२३ का बिजयी अध्यक्ष प्रेम गाहा मगर एवम पदाधिकारीज्युहरूलाई बधाई

२५ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 2159


अर्घाखाँची समाज युकेद्वारा एनआरएनए युके २०२१-२०२३ का बिजयी अध्यक्ष प्रेम गाहा मगर एवम पदाधिकारीज्युहरूलाई बधाई

शीतलपाटीन्युज डटकम।
लण्डन। गैर आवासीय नेपाली संघ यूकेको २०२१-२०२३ कार्यकालको लागि नव निर्वाचित अध्यक्ष प्रेम गाहा मगरज्यूको नेतृत्वमा निर्वाचित हुनु भएका सबै एनसीसी पदाधिकारी तथा सदस्यहरूलाई अर्घाखाँची समाज युके हार्दिक बधाई एवम सफल कार्यकालको कामना गरेको छ।

समाजका अध्यक्ष बालकृष्ण भुसालले एउटा बिज्ञप्ती लेख्दै एनआरएनए युके एनसीसी र राज्य ब्यवस्था समन्वय समिति समेतका पदाधिकारी तथा सदस्यहरूमा अर्घाखॉंची समाज-यूकेको तर्फबाट हार्दिक बधाई एवम् यहॉंहरूको कार्यकालमा  बेलायतमा बस्ने सबै नेपालीहरूको वृहत हितमा हुने गरि ठोस कार्यक्रम ल्याई उल्लेखनिय कार्य सम्पादन गर्न नयॉं कार्यसमितिलाई सफलता मिलोस्  भनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं भन्नु भयको छ। साथै आगामी दिनहरूमा हाम्रो कार्यक्षेत्र भित्र पर्ने सामाजिक कार्यक्रमहरूमा गैर आवासीय नेपाली संघ बेलायत संग हातेमालो गर्दै अगाडि बढ्ने कुरामा हामी सदैव तत्पर रहेको पनि बिश्वास दिलाउन चाहन्छौं भन्नु भयको छ।

बिज्ञप्ती जस्ताको त्यस्तै:

अर्घाखाँची समाज युकेद्वारा एनआरएनए युके २०२१-२०२३ का बिजयी अध्यक्ष प्रेम गाहा मगर एवम पदाधिकारीज्युहरूलाई बधाई

गैर आवासीय नेपाली संघ-यूके को २०२१-२०२३ कार्यकालको लागि नव निर्वाचित अध्यक्ष श्री प्रेम गाहा मगरज्यूको नेतृत्वमा निर्वाचितहुनु भएका सबै पदाधिकारी तथा सदस्यहरू साथै राज्य स्तरिय पदाधिकारी तथा सदस्यहरूमा अर्घाखॉंची समाज-यूके को तर्फ बाट हार्दिक बधाई एवम् यहॉंहरूको कार्यकालमा  बेलायतमा बस्ने सबै नेपालीहरूको वृहत हितमा हुने गरि ठोस कार्यक्रम ल्याई उल्लेखनिय कार्य सम्पादन गर्न नयॉं कार्यसमितिलाई सफलता मिलोस्  भनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं  । साथै आगामी दिनहरूमा हाम्रो कार्यक्षेत्र भित्र पर्ने सामाजिक कार्यक्रमहरूमा गैर आवासीय नेपाली संघ, बेलायत संग हातेमालो गर्दै अगाडि बढ्ने कुरामा हामी सदैव तत्पर रहेको पनि बिश्वास दिलाउन चाहन्छौं ।

फेरी पनि  निर्वाचित टिम सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

बालकृष्ण भुसाल
अध्यक्ष
हरि पौडेल
सचिव
अर्घाखॉंची समाज-यूके




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?