Wednesday October 20, 2021

एनआरएनए युकेमा सपथ सम्पन्न,संरक्षकमा शेर बहादुर सुनार

२६ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1251


एनआरएनए युकेमा सपथ सम्पन्न,संरक्षकमा शेर बहादुर सुनार

शीतलपाटीन्युज डटकम।
लन्डन, ८ जुलाई। गैर आवासीय नेपाली स‌ंघ यूकेमा अध्यक्ष प्रेम गाहा मगर समेतको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले शपथ लिएको समाचार छ। अल्डरसटको एम्पायर हलमा आइतबार साँझ आयोजित विशेष समारोह बीच निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले अध्यक्ष प्रेम गाहा मगर लगायत पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएको हो।

 


बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख अतिथी रहेको सो समारोहको अध्यक्षता अध्यक्ष पुनम गुरुड्गले गर्नु भयको थियो। महासचिव फणिन्द्र भट्टराईले उदघोषण गरी संचालन भयको सो कार्यक्रम एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषद्‌का पदाधिकारी र चारवटै राज्य समन्वय परिषद्का पदाधिकारीले पनि शपथ लिएका थिए। शपथग्रहण पछि नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मीले एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भयको थियो। राजदुत रेग्मीले दूतावासले एनआरएनए यूकेसँग विगतका दिनमा गर्दै आएको सहकार्य आगामी दिनमा निरन्तर र थप बलियो बन्ने विश्वास व्यक्त गर्नु भयको थियो।

 


एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्णसाथ र सहयोगको प्रतिबद्धता ब्यक्त गर्नु भयको थियो। समारोहमा एनआरएनए केन्द्रीय सल्लाहकार कुल आचार्य,केन्द्रीय सल्लाहकार एवम् निर्वाचन पर्यवेक्षक विश्वआदर्श पन्डित,पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व अध्यक्ष एवम् निर्वाचन समिति संयोजक महेन्द्रराज कंडेल लगायतले पनि प्रेम गाहामगर नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको  थियो।

 


अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। अध्यक्ष गाहा लगायत नवनिर्वाचित पदाधिकारीहरुलाई आफु उपविजेता भय पनि एनआरएनए युके लामो समय अभियन्ता भयकोले कुनै समाज सामाजिक काम गर्ने र एनआरएनएको बिकास चाहान्छु भन्नु भयो। कार्यक्रमको पहिलो चरण निवर्तमान महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको सो कार्यक्रममा  शपथ ग्रहणको सत्रमा भने निर्वाचन समितिका सदस्यसचिव कर्ण शाहीले संचालन गरेका थिए।

 

किरात राई यायोक्खाकी अध्यक्ष कल्पना राई, जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेप्लिज युथ यूकेका अध्यक्ष धिरज राई, एनआरएनए यूके पूर्वमहासचिव द्वय डा कृष्ण उपाध्याय र आरके त्रिपाठी, नवनिर्वाचित आइसीसी सदस्य राजेन्द्र पुडासैनी लगायतले नयाँ कार्यसमितिको कार्यसफलताको कामना गरेका थिए। गुल्मी नौमती बाजा समेत बजाएर भरपुर मनोरञ्जन गरीएको सो सभा भब्य रुपमा सम्पन्न भयको थियो ।

संरक्षकमा शेर बहादुर सुनारः

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेतृत्व आफ्नो काँधमा सुम्पिने बेलायतवासी नेपालीहरुप्रति आभार प्रकट गरेका थिए। उनले एनआरएनए यूके मात्र नभइ बेलायतको सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे। 

 


नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगरले आफ्नो संशोधनका क्रममा संस्थाको प्रमुख संरक्षकमा शेर सुनारलाई मनोनित गरिएको घोषणा गरेका थिए। शेर बहादुर सुनार सन २००७ देखि कै एनआरएन युकेका अभियन्ता हुन। गतवर्ष अध्यक्षको प्रतिस्पर्धामा उपविजेता भय पनि एनआरएन युकेको समाजमा काम गर्दा सुनार अगाडी थिए। परम्परा भन्दा पनि यो संरक्षक छनौट उहाको कामको मुल्याङकन हो भन्ने शीतलपाटीन्युज डटकमलाई खुसी ब्यक्त गर्दै धेरैले बताएका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?