Wednesday October 20, 2021

नेपालीको हक हितमा प्रतिवद्ध भएर काम गर्नेछुः ‘एनआरएन आईसीसी’ उपाध्यक्षका उम्मेदवार सुनिल शाह

२७ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 2831


नेपालीको हक हितमा प्रतिवद्ध भएर काम गर्नेछुः ‘एनआरएन आईसीसी’ उपाध्यक्षका उम्मेदवार सुनिल शाह

नेपालीको हक हितमा प्रतिवद्ध भएर काम गर्नेछुः ‘एनआरएन आईसीसी’ उपाध्यक्षका उम्मेदवार सुनिल शाह

न्यूयोर्क । बहु प्रतिभाशाली व्यक्तित्व सुनिल शाहले विश्वभरीका गैर आवसिय नेपालीहरूको साझा संस्था ‘एनआरएन आईसीसी’मा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि सन् १९१७ देखि १९१९ सम्म एनआरएनए एनसीसी अमेरिकाको वरिष्ठ उपाध्यक्ष हुँदै सन् २०१९ देखि २०२१ सम्म अध्यक्ष बनेका शाह अहिले ‘एनआरएन आईसीसी’मा उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

आईसीसीका संस्थागत अध्यक्ष उपेन्द्र महतोका समर्थक तथा कुशल व्यक्तित्वका धनी शाहको उम्मेदवारीले विश्वभरीका गैर आवसिय नेपालीलाई उत्सुक बनाएको छ।

उहाँको सामाजिक भावना र संस्था प्रतिको प्रतिवद्धताले नै अहिले एनसीसीको त्यो गरिमामय पदमा उम्मेदवारी दिन उस्काएको हो। आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै विश्वभरि रहेका नेपालीको हक, हित र अधिकारका लागि लड्ने उहाँको योजना छ।

एनआरएन आईसीसीलाई स्वदेश र विदेशमा बस्ने नेपालीको वृद्धि विकासमा काम गर्ने साझा संस्था बनाउने प्रण उहाँले गर्नुभएको छ। ‘म गरिमामय संस्थालाई  अमूल्य निधिका रुपमा अगाडि बढाउने छु,’ उहाँले भन्नु भयो। हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्कालाई दुःख वा सुख पर्दा साथ दिने वा दुःख पर्दा दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो संस्थालाई विश्व भरि छरिएररहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउने ध्यान केन्द्रीत हुने उहाँको प्रतिवद्धता छ।

सुरेश कोइराला।




मतहरू

is hydroxychloroquine for horses safe for humans

Great article, just what I was looking for.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?