Tuesday December 07, 2021

विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज

१ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1477


विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज

शीतलपाटीन्युज डटकम।
लण्डन। विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज भएको छ। राजु अधिकारीद्वारा निर्देशित यो फिल्म थिएटरमा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो।

 


आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ। तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी,  बेनी ढुङगाना, लगायतका कलाकारको अभिनय रहेको छ।

नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत,रामप्रसाद कँडेलको गीत,कुमार महर्जनको द्वन्द्व,शिव विकको नृत्य,लक्ष्मण घिमिरेको छायांकन र  आरती अधिकारी आचार्यको लेखन छ।

निर्देशक अधिकारीको अर्को फिल्म ‘माया बस्छ कि के हो’ रिलिजको तयारीमा छ। फिल्म म्यूजिक नेपाल मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। युरोपका विभिन्न स्थानमा छायांकन भएको फिल्म युरोपका विभिन्न देश र लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो।

https://youtu.be/0PtQKOPkXes




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?