Tuesday December 07, 2021

१२औ नेपाली मेला भब्य हुने, प्रेषमीट सम्पन्न

७ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1260


१२औ नेपाली मेला भब्य हुने, प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा रहेका नेपालीहरूको महान चाडको रूपमा मनाइने नेपाली मेला २०२१ भब्य हुने भयकोछ। हिजो तमुधिं यूकेको अफिस मीचेट युकेमा  आयोजनामा भयको अगस्ट २९ गते आइतबार हुने १२ औं नेपाली मेलाको तयारीको विषयमा आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

 


तमुधिं युकेका अध्यक्ष हितकाजी गुरूङको अध्यक्षतामा भयको सो प्रेसमिट कार्यक्रममा संस्थाका महासचिब परशु गुरुङले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिनु भयको थियो। मेला संयोजक एवम बरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेलाको तयारीबारे पत्रकारहरूको एक समुहलाई योजना प्रस्तुत गरी तयारी पुरा भयको जनाएका थिए। लन्डनको केम्पटन पार्क रेसकोर्समा विहान ०७:०० बजेदेखि प्रवेश गरी साँझ ८ बजेसम्म सञ्चालन हुने भयको छ।  उक्त मेलामा बेलायत सरकारले कोभिड सम्बन्धी नियमहरु हटाएपनि मास्क भने अनिवार्य गरिएकोले आवस्यक परे उपलब्ध गराइने र स्यानिटाइजर पनि उपलब्ध हुने संयोजक गुरूङलेले बताएका थिए।

 


प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत  महामहिम लोकदर्शन रेग्मीले उद्घाटन गर्ने उक्त कार्यक्रममा २७ ब्यापारी स्टल रहनेछन। कुटनितिक नियोगका पाहुनाहरू, सामाजिक अभियन्ताहरू, बेलायतमा खुलेका नेपाली संघसंस्थाका अध्यक्षहरूको, बाजागाजा समेतले सजिने मेला बेलायतमा नेपाली परम्परा,संस्कृति र नेपाली पहिचान देखाउने छ। यसले बेलायतमा नेपाली नेपाली बीच भेटघाट पनि गराउने छ। मेलामा रहने स्टल नेपाल झल्कने व्यापार रहने आयोजकको योजना छ।

 


सो मेलामा पुरस्कारको पनि ब्यवस्था मिलाइएको छ । बेलायतस्थित नेपाली राजदूतावासको प्रायोजनमा आयोजना हुने एम्बेसडर कपमा प्रथम पुरस्कार एक हजार १ सय,द्धितिय पुरस्कार ७ सय तथा तृतिय पुरस्कार ५ सय पाउण्ड रहने छ। यस बर्ष सांस्कृतिक नाँच, झाँकी प्रदर्शन लगायतका विविध प्रतियोगिताहरुमा यूकेमा रहेका १९ वटा संस्थाले भाग लिने भयको छ। जसमा ३१ हजार पाउण्ड आम्दानी हुने छ।

झाँकी तर्फ प्रथम पुरस्कार ५ सय पाउण्ड,दोस्रो पुरस्कार ३ सय तथा नृत्यतर्फ प्रथम हुनेलाई ५ सय, द्धितिय हुनेलाई ३ सय पाउण्ड प्रदान गरिने भएको छ। जसमा एनआरएनए यूकेले ३ सय पाउण्ड सहयोग गर्ने भएको छ।यस पटक निर्णायकहरूको हकमा झाँकीको लागि ४ जना निर्णायक नेपाली कला संस्कृतिविद रहेका छन्। नृत्यको लागि ३ जना निर्णायक रहने ब्यवस्था मिलाइएको छ। उक्त प्रतियोगिताको लागि लण्डन दूतावासबाट पनि सहयोग प्राप्त हुनेछ ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी हुने बताउठनु भयको छ। मेलास्थलमा राखिने नेपाली खाना,व्यवसाय च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुति सहितका सांस्कृतिक कार्यक्रम विशेष आकर्षण रहनेछन्। बेलायतबासी सबै नेपाली जातजाती,धर्म, सम्प्रदायका मानिसहरुको सामूहिक पर्वको रुपमा यो कार्यक्रम भयकोले सबै बेलायतबासी नेपालीहरुलाई सहभागि हुन हार्दिक अपिल गरीएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?