Saturday October 23, 2021

साउथ इष्ट लण्डनमा डायमण्ड बुध्दिष्ट सेन्टरको गुम्बा स्थापना

१३ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1287


साउथ इष्ट लण्डनमा डायमण्ड बुध्दिष्ट सेन्टरको गुम्बा स्थापना

योगेस गुरूङ,
लण्डन।
बेलायतको कुनै पनि स्थानमा समाज घर तथा गुम्बा स्थापना गर्नु भनेको सगरमाथाको शिखरमा पुग्नु जस्तै जटिल हो भन्दा दुई मत नहोला। साउथ इष्ट लण्डनमा नेपालीहरुको ठुलो घना बस्ति रहेका छन्। यहाँ नेपालीहरुको ३० वटा भन्दा धेरै संघ सस्थाहरु संचालीत छन्। धेरै बौद्ध अनुयायीहरु भएको यस ईलाकामा गुम्बा नहुनुका पिडाहरुले बारम्बार मुटुका कुनामा घोचिरह्यो। कतै दोस्रो पुस्ताहरु पश्चिमी शैलीमा भासिने हो कि भन्ने चिन्त्ताका बादलहरुले सदा मस्तिस्काको आकाशमा ढाकी रह्यो। कतै हाम्रो धर्म र सस्कार लोप भएर जाने त् हैन भन्ने चिन्ताका अरिंगालहरुले मनका भित्ताहरुमा बिजाई रह्यो। यसैले तिमि आँट, म पुराई दिन्छु भन्ने सकारात्मक शक्त्तीशालि भनाईलाई काँधमा राखी सन् २०१६ मा २१ जना बौद्ध  अनुयायीहरुको उपस्थिति रही Diamond Buddhist Centre UK को जन्म भयो।

 


६ बर्ष सम्मको निरंतरता कठिन निस्वार्थ परिश्रम , त्याग,तपस्या,सबैको बिशुद्द सहयोग,भगवान बुध्दको कृपा र पुज्यानिय गुरुको आशीर्वादले गर्दा आज हाम्रो सुन्दर सपना पूरा भएको खुशिका पबित्र घाम साउथ इष्ट ईलाकामा बरदानका रुपमा उदाएको छ। साउथईष्टबासीहरुले बेलायतको भूमिमा यो दोस्रो नेपाली गुम्बाको रुपमा स्थापना गरि ईतिहास लेख्न सफल भएका छन्। यी पबित्र श्रेय सम्पूर्ण बौध्द अनुयायीहरु तथा समाजसेवीज्युहरुलई जानेछन।

 


आज हाम्रा मनहरु आकाशमा स्वतन्त्र भै उडने चराहरु झैँ खुशिका पखेटाहरुले उडिरहेको छ। हामीसंग खुशीका थुङ्गाहरु ब्यक्त्त गर्ने शब्द नै छैन। अब देखि त्यो रातो बाकासहरुले गिर्जाघरको ढोका कुर्नु पर्ने पीडाका  दिनहरुको अन्त्य भएको छ।
ती प्रारम्भका जटिल समय देखि आजसम्म प्रत्यक्ष वा  अप्रत्यक्ष रुपमा बिशुद्द भावनाले न्यानो सहयोग, पबित्र मार्गदर्शन तथा मिठो आशीर्वादका सुन्दर उपहार प्रदान गर्नु हुने सम्पुर्ण प्रेम र करुणाले भरिएका मनहरु प्रती डाइमण्ड बुद्धिष्ट सेन्टर युके ऐतिहासिक घडिमा हार्दिक हार्दिक नमन तथा कृतज्ञता अर्पण नगरी रहन सक्दैन।

 


मिति: २७ तारिख बुद्ध भगवानका जनमा शुक्रबारका दिन बिहानको नौ बजे जुम मार्फत पुज्यनीय मूल गुरु थुक्तेन खेम्पो शिर लामा गुरुङज्युले पोखरा बौध आर्घु सदन रामघाट देखि पबित्र अष्ठमंगल वाचन तथा आशिर्वाद प्रदान गरि सस्थाका अध्यक्ष सुमल कुमार गुरुङज्युको बाहुली द्वारा गुम्बाको मूल द्वारमा चाबी खोलि पंचकन्याहरुको शुभ साईत गरि Woolwich को मध्यभागमा आवस्थित डायमण्ड बुध्दिष्ट सेन्टर युकेको गोम्बा स्थापना भएको छ।

 


कोबिडको संक्रमणले थिलोथिलो पारेको कठिन परिस्थितिमा बेलायतको ब्यस्त जीवनशैलिमा गुम्बा स्थापना हुनु भनेको आफैमा ठुलो चुनौती थियो। सस्थामा रकम जम्मा एक लाख एक्काइस हजार पाउण्ड (£1,21,000) मात्र थियो। गुम्बा किन्ने भवनको मुल्य भने दुई लाख तिरासी हजार पाउण्ड तोकेको थियो। भवन खरिद गर्न सेन्टरको कार्यसमितिलाई चार हप्ताको छोटो समयमा पुरा गर्नु पर्ने अर्को चुनौती थपियो। कार्यसमिति र एरिया प्रतिनिधिज्युहरुको अथक प्रयासले तिन हप्तामा करिब तीन लाख पाउण्ड (£ 3,00000) संकलन गर्न सफल भयो। जसमा बुद्ध अनुयायीहरुको निरब्याजी ऋण बयासी हजार पाउण्ड ( £ 82,000) रहेको छ। आज सस्थाले सोचेको भन्दा धेरै रकम संकलन गर्न सफल भएका छन्। सहयोग गर्नेमा बेलायतमा रहेका बौध्द संघहरु,सामाजिक संघसस्थाहरु,हंगकंग,नेपाल,अन्य देशहरु र सम्पूर्ण नेपाली बौध्दमार्गिहरु रहेका छन् भने सेन्टरले करिब चार लाख पाउण्ड (£4,00000) संकलन गर्न सफल भएको अर्को सुन्दर ईतिहास भएको छ। यस गुम्बाको क्षेत्रफल १६६८ स्क्यार फिटमा फिजिएको छन् भने सबैलाई सुबिधा हुने मध्यभागमा रहेको छ। यस सस्थामा अजिवान सदस्यज्युहरु ४५१ जना र ट्रष्टीज्युहरुको संख्या १४१ जना रहेको छ। अबका चुनौतिहरु ऋण तिर्नु,सस्थाको गुम्बा मर्मत कार्य,लामा गुरुका लागि एउटा कोठा निर्माण,गुम्बा भित्र राख्नु पर्ने आवस्यक सामाग्रीहरु भने बाँकी नै छ। गुम्बा भित्र राख्नु पर्ने तिनवटा महत्वपूर्ण मुर्तिहरुका दानकर्ताहरु घोषण भै सकेका छन्। स्मरण रहोस स्थापनाकाल देखि रहेका कार्यसमितिले आजसम्म निरन्तर पबित्र सेवाका भावानाहरु र सकारात्मक आत्मबिश्वासको सोचको एउटा पबित्र ऐतिहासिक सफलता हुन् भन्दा कुनै दुई मत नहोला। गुम्बा निर्माण कार्यलाई सफल पार्ने मुख्य लक्ष्यले घर दैलो कार्यक्रमबाट ठूलो टेवा मिलेको छन भने संयोजक उपाध्यक्ष श्रीमति मिना गुरुङज्यु, सहसयोजक  श्रीमति चन्द्र देबि गुरुङज्यु तथा एरिया प्रतिनिधि आमाहरुको ठूलो भुमिका रहेको छ। यस पुन्य कार्यलाई निरन्तरता दिइएको छ।

यस शुभ घडीमा उपस्थित सम्पूर्ण संघ सस्थाका अध्यक्षज्युहरु,प्रतिनिधिज्युहरु,बिशिष्ठ समाजसेवीज्युहरु र बौद्ध अनुयायीहरुले दिप प्रजलन गर्नु भएको थियो। पंचकन्याहरु सुश्री तिसा प्रजापती, सृसा प्रजापती,कृशा गुरुङ,परि गुरुङ र टृजा गौचनलाई सेन्टरका  अध्यक्ष सुमल कुमार गुरूङज्युले दक्षिणा,आमा समुह प्रमुखज्युले खादा ओडाई आशिर्वाद दिनु भएको थियो।

सस्थाका आमा समुह प्रमुख उपाध्यक्ष श्रीमती मिना गुरुङज्युले स्वागत मन्तब्य राख्नु भएको थियो। उपस्थित अतिथिज्युहरुले बधाई तथा शुभकामना ब्यक्त्त गर्नु भएको थियो। सस्थाका अध्यक्ष गुरुङज्युले हर्षले बिभोर भै उपस्थिति हुनु भएका सम्पूर्ण अतिथिज्युहरुलई र सस्थालाई सदा सहयोग गर्नु हुने सम्पूर्ण चन्दा दाताहरुलाई आभार ब्याक्त गर्नु भएको थियो। कार्यक्रम सस्थाका महासचिव योगेश गुरुङ र सचिव हेम छन्त्यालज्युले संचालन गर्नु भयको थियो। 

सर्ब भवतु मङलम्।




मतहरू

VbdxScoge

best online pharmacy usa canadian pharmacy online store

AbwhHerve

canadian pharmacy clomid canada pharmacies without script

Fjobbeima

viagra buy viagra generic

AbwhHerve

navarro discount pharmacy store locator vipps canadian online pharmacy

Snnscary

how does cialis work cialis on line


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?