Saturday September 18, 2021

मोना यूकेद्वारा आयोजित तेस्रो खुला भलिबल अल्डरसट टीम बिजयी

१४ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1121


मोना यूकेद्वारा आयोजित तेस्रो खुला भलिबल अल्डरसट टीम बिजयी

शीतलपाटीन्युज डटकम।
लण्डन। मोना यूकेले आयोजना गरेको तेस्रो खुला भलिबल प्रतियोगिता हालै अलडरसटको एउटा ग्राउण्डमा सम्पन्न भएको छ। बेलायतमा रहेका नेपालीहरूको ३० टीमको सहभागिता रहेको सो भलिबल प्रतियोगिता रसमोर सायन्ट एफसीमा सम्पन्न भएको हो। यो तेस्रो खुल्ला पुरूष,महिला र प्रौढ भलिबल प्रतियोगितामा सहभागिता रहेको थियो।

 


सो भलिबल प्रतियोगितामा पुरुषतर्फ अल्डरशट भलिबल टिम, महिलातर्फ सालिजा भलिबल टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि जितेको समाचार छ। पुरुष तर्फ प्रथम हुने समूहले १५ सय पाउण्ड, द्धितिय हुनेले ८५० पाउण्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् भने महिलातर्फ प्रथम हुनेले ८ सय पाउण्ड, द्धितिय हुनेले ४ सय पाउण्ड तथा आकर्षक मेडल, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। साथै भेट्रान तर्फ प्रथम पुरस्कार ८ सय पाउण्ड, द्धितिय पुरस्कार ४ सय पाउण्ड तथा आकर्षक मेडल,ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो।

 


मोना यूके अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न सो भलिबल प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि रसमोर बरो काउन्सीलका काउन्सिलर जीव बेलबासे रहनु भयको थियो। उपाध्यक्ष होम रोकाले स्वागत मन्तव्य राखेको सो औपचारिक कार्यक्रमको सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए । प्रतियोगितामा अनिल मल्ल,तारा गर्बुजा मगर,विष्णु भण्डारीले खेल ब्यवस्थापनको जिम्मेवारी पुरा गरेका थिए। कार्यक्रममा विशेष अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर,काउन्सीलर प्रवेश केसी र काउन्सीलर नेम थापाको उपस्थिती रहेको थियो।

 


धौलागिरी नौमती बाजाको सांगीतिक माहोलमा बाजागाजाले कार्यक्रम अत्यन्त रमाइलो थियो भने सो कार्यक्रममा बेलायतमा छरिएर रहेका म्याग्दी प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको ठुलो उपस्थिती थियो।

प्रतियोगिताका विजेताहरुलाई आयोजक मोना यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पुरस्कार वितरण गरेका थिए। अन्तमा यो भलिबल प्रतियोगिता कार्यक्रमले म्याग्दीबासीहरु भेटघाट गर्ने,एक आपसमा परिचय गर्ने,आत्मियता बढाउने,सहयोगी भावनाको विकास गर्ने, म्याग्दीको संस्कार संस्कृतिको संरक्षण गर्ने,भलिबल खेलको माध्यमबाट आफ्नो जन्मथलो म्याग्दी जिल्लाको नाम स्थापित भयको आयोजक मोना यूके अध्यक्ष दल जुग्जालीले बताउनु भयको थियो। लण्डन नेपालन्युज  डटकमबाट लाईभ प्रसारण गरिएको सो कार्यक्रममा भब्य भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?