Saturday October 23, 2021

एनआरएन तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

१९ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1182


एनआरएन तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ।

सेप्टेम्वर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ।
सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाले बताए।

सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन,प्रयोगशाला,नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङ लगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ। सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था,कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना,मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन्। लण्डनस्थित नेपाली दूतावास भवनबाट उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ।

नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा.भगमान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा.सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा.हेमराज शर्मा,एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा बोधराज सुवेदी लगायतले सम्बोधन गर्नेछन्।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल,अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल,नेपाल नर्सिङ एसोसियन यूके,नेपाली डाक्टर एसोसियसन यूके,गैरआवासीय नेपाली संघ यूके,नरसिङ्ग नेपाली एसोसिएसन यूके लगायत एक दर्जन संघसस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ।

तीन दिनसम्म चल्ले सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आआफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुने छ। सेप्टेम्बर १९ मा लण्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जनाएका छन। गैरआवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ।
(नेपाल ब्रिटेन डटकम)
 




मतहरू

wjvodprhtn

?????? ?????? ????? ?????? ????????? ??????? ??????? [url=http://www.g7jwo2725ldwv11646vre192f0dgt5u3s.org/]uwjvodprhtn[/url] wjvodprhtn http://www.g7jwo2725ldwv11646vre192f0dgt5u3s.org/ awjvodprhtn

Copper Striping Machine

?????????? Copper Striping Machine

Fuel Pump Diesel 4G0906093F

Outdoor ?????????? Fuel Pump Diesel 4G0906093F


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?