Saturday October 23, 2021

एनआरएन आइसीसी महिला संयोजकको शसक्त उम्मेदवार संगीता मरहट्टा

१९ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1236


एनआरएन आइसीसी महिला संयोजकको शसक्त उम्मेदवार संगीता मरहट्टा

शीतलपाटीन्युज डटकम।
लन्डन। गैरआवासीय नेपाली स‍ंघको जिम्मेवारीमा सधै शसक्त रूपम सक्रियता पूर्वक खटिन सक्ने छवि बनाएकी संगीता मरहट्टाले स‍ंघको आसन्न अन्तराष्ट्रिय  महाधिवेशनमा महिला संयोजक पदमा शसक्त बनेर उत्रेकी छन। उनले लामो समय देखि बिदेशमा रहेका नेपालीहरूको हक अधिकार,सम्बृध्दीका लागि लड्दै आएको र अव महिला संयोजक भयर अरू काम गर्न उम्मेदवारी दिन लागेको भन्दै औपचारिक घोषणा गरेकी छन्।

गोरखा घर भै बेलायतवासी एनआरएनए अभियन्ता संगीता मरहट्टाले एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहंदै आएका कारण अब उक्त पदमा उम्मेद्वारी दिने भएकी हुन्। यसअघि एनसीसी यूकेका महत्वपूर्ण जिम्मेवारीमा रहेर भूमिका निभाइ सकेकी मरहट्टाले एनआरएनए आइसीसी महिला संयोजक पदमा उम्मेद्वारी दिने निश्चय गरेको शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मीसंगको कुराकानीमा बताइन् ।

मैले मेरा अग्रज,शुभेच्छुकहरुको  सल्लाह र छलफल पछि महिला संयोजकमा उम्मेद्वारी दिने निर्णय लिएकी हु भन्दै शीतलपाटीन्युज डटकमसँग कुरा गर्दै उनले भनिन्, "म एनआरएनए रूपान्तरणका लागि प्रबिधी,पारदर्शिता र समाबेशी एकताका साथै संम्बृदिको लागी ग्यान,सीप र लगानीको प्रतिबद्धताको मिसन लिएर एनआरएनए आएकी छु।
अहिलेसम्म मैले आर्जन गरेको अनुभव,सिकाइ र क्षमतालाई सदुपयोगबाट यो भूमिकालाई न्याय गरेर एनआरएनएको तारा बन्न सक्छु भन्ने आत्मविश्वास छ भनेकिछन ।’

सन् २०१७-१९ मा आइसीसीको युरोप क्षेत्रीय महिला उपसंयोजक रहेकी मरहट्टा अहिले मानार्थ परिषद सदस्य छन्। त्यसअघि सन् २०१५-१७ मा उनले आइसीसी सदस्य तथा २०१३-१५ मा एनसीसी यूकेको सचिवको जिम्मेवारी सम्हालेकी थिइन्। सन् २०११ मा एनआरएनए यूकेको कार्यसमिति प्रवेश गरेकी उनले महिला संयोजकको भूमिका पनि सफलतापुर्वक निभाएकी थिइन्।

एनआरएनए यूकेमा महिला संयोजक रहंदा उनले नारी दिवस मनाएर च्यारिटीमा सहयोग गर्ने कार्य शुरु गराएकी थिइन्। पछि युरोप महिला उपसंयोजकको भूमिकामा हुँदा पनि उनी युरोपका कयौं मुलुक पुगेर स्थानीय नेपालीमहिलाहरुको सहभागिता र सशक्तिकरणका लागि निरन्तर खटिएकी थिइन्। आइसीसी महिला संयोजक पदको उम्मेद्वारका रुपमा मरहट्टाले एनआरएनएमा महिलाहरुको सक्रिय सहभागितालाई प्रवर्द्धन् गर्ने प्रमुख एजेण्डा अघि सारेकी छन्।जसका लागि सबै मुलुकस्थित एनसीसीहरुमा महिला फोरमलाई मजबुत पार्ने गरी कार्यक्रमहरु ल्याउने उनको योजना छ। विदेशस्थित व्यवसायी तथा प्रोफेशनल महिलाहरुको संजाल तयार गर्ने,सीप तथा तथा क्षमता विकास एवम् बिस्तार गर्ने,खाडी मुलुकका महिलाहरुको समस्या उजागर गर्ने, वैदेशिक रोजगार र महिला स्वास्थ्यका क्षेत्रमा समन्वय गर्ने र सशक्त आवाज उठाउने जस्ता एजेन्डा पनि उनका प्राथमिकतामा छन्।

पारिवारिक शैक्षिक बातावरणमा हुर्किएकी मरहट्टा नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक र बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छन्। त्यस्तै, उनले बेलायतको थमसन फाउन्डेसनको उच्च शिक्षा छात्रवृत्तिअन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा समेत पूरा गरेकी छन्। विगत २१ वर्षदेखि बेलायत बस्दै आएकी मरहट्टा अहिले एक सफल व्यवसायीका रुपमा स्थापित छन्। एनआरएनए अन्तर्राष्ट्रिय महिला संयोजक चयन भयर एनआरएनएमा स्टार भयरै काम गर्ने बिश्वास लिन सकिन्छ।




मतहरू

AbyjHerve

neurontin 400 gabapentin 300 mg dosage per day

Fbaibeima

ivermectin 9mg stromectol 6 mg dosage

Fbaibeima

stromectol buy uk ivermectin price comparison

Sbgtcary

neurontin capsules medication gabapentin 600 mg

AbyjHerve

neurontin prescription medication cheap neurontin online

AbyjHerve

gabapentin 600mg neurontin cost generic

Krfmalbut

ivermectin oral ivermectin 3mg pill

AbyjHerve

gabapentin pill 600 mg buy gabapentin india

Krfmalbut

ivermectin over the counter ivermectin 3 mg

AbyjHerve

gabapentin pills 800mg gabapentin drug

Sbgtcary

neurontin 100 mg cost buy gabapentin 800 mg online

DevgScoge

price of ivermectin tablets cost of stromectol


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?