Wednesday December 01, 2021

बुटवल सेरोफेरो यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन टम ढेगा

२२ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1292


बुटवल सेरोफेरो यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन टम ढेगा

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपालको विकशित शहर बुटवल सेरो फेरो युकेको चौथो अधिवेशन ५ सेप्टेम्बर २०२१ को दिन अल्डरसटमा अवस्थित द प्यालेसमा सम्पन्न भयको समाचारछ। बुटवल सेरो फेरो कमिटि यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन टम ढेगा निर्बिरोध निर्बाचित हुनु भएको छ। निर्वाचित सम्पूर्ण कार्यसमितिका लाई सस्थाका सस्थापक अध्यक्ष दान बहादुर थापा, लेफ्टिनेन्ट कर्नेल टोल खाम्चाको बाहुलीवाट खाडा ओढाएर बधाई र सम्मान गरिएको थियो ।

 


सम्पन्न निर्वाचनमा अध्यक्ष टम मेगा, बरिष्ठ उपाध्यक्ष नारायण पुन,  उपाध्यक्ष सुनराज गुरुङ र देवी माया गुरुङ,महासचिव मिन गुरुङ, सचिव तिर्थ कुमार थापा (ब्रुश) कोषाध्यक्ष डम्बर गुरुङ,सहकोषाध्यक्ष बिक्रम बगाले मगर निर्बाचित भएका छन् भने सदस्यहरुमा अन्जु शाही,जुनु गुरुङ,राजु मिदुन,देबिन्द्र थापा,रबि थापा,तुलसी राना,भिम बुढाथोकी,रन्जिता मल्ल, महादेव कुँवर चयन भएकाछन्। यस्तै सल्लाहकारमा सस्थापक अधक्ष्य दान बहादुर थापा,निवर्तमान अध्यक्ष बिष्णु श्रेष्ठ, ले. कर्नेल टोल खाम्चा, बिर बहादुर बलाल र अशोक थापा चयन हुनु भएको छ।

समाजको कार्यक्रमको पहिलो चरणमा बुटवल सेरो फेरोका अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव अशोक थापाले सञ्चालन गर्नु भयको थियो । बुटवल सेरोफेरोका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सस्थाका सचिव अशोक थापाले संचालन गर्दै अहिले सम्म सस्थाले ३ वर्ष सम्म गरेका काम वारे प्रतिवेदन प्रस्तुत गरिएको थियो। स्मरण रहोस यो संस्थाले थुप्रै च्यारिटी गर्दै नेपालमा सहयोग गर्दै आइ रहेको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिटायर्ड क्याप्टेन टम ढेगाले संबोधन गर्दै संस्थालाई अरू शसक्त बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?