Monday August 08, 2022

कोषाध्यक्ष खरेल संयोजक रहेको एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

२३ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 2565


कोषाध्यक्ष खरेल संयोजक रहेको एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

शीतलपाटीन्युज डटकम।
लण्डन। गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो ।

समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुबेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती सदस्य रहेका छन् । समितिको सल्लाहकारमा इञ्जिनियर राजेन्द्र खरेललाई राखिएको छ ।

गैर–आवासीय नेपाली संघ यूकेको विधानका धारा २०.१२ बमोजिम बनेको आर्थिक समितिले कोषाध्यक्षले गरेको आर्थिक गतिविधिहरुको नियमन सञ्चालन गर्ने गर्दछ ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?