२३ भाद्र, २०७८
शीतलपाटीन्युज डटकम।
लण्डन। आज नेपाली राजदूतावास लण्डनमा संयुक्त अधिराज्यका रक्षा मन्त्री सम्माननीय बेन वालेस र रक्षा राज्य मन्त्री सम्माननीय लियो डोचेर्टी,संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरू बीच बैठक सम्पन्न भएको समाचार छ।
बैठकमा भू पू गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू. गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन,वार्ता समितिको Terms of Reference एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको हो।
बैठकमा भू.पू. गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, GAESO का सभापति कृष्णकुमार राई, BGWS का अध्यक्ष टिकेन्द्र दल देवान, NESA का अध्यक्ष केश बहादुर गुरुङ्ग,Gurkha Pension Injustice Group का अध्यक्ष उदय बहादुर गुरुङ्ग, UBGN का अध्यक्ष राम राई, आमरण अनशनमा बस्नुभएका गोरखा सत्याग्रहका ३ जना प्रतिनिधिहरू ज्ञानराज राई, पुष्पा राणा घले, धन बहादुर गुरुङ्ग, गोरखा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ्ग एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्न बहादुर गोदारको उपस्थिति रहेको कुरा नेपाली राजदूतावास, लण्डनले बताएको छ।
बिज्ञप्ती