Wednesday December 01, 2021

एनआरएनए यूकेको सह–आयोजनामा ‘तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन’ बेलायतमा हुँदै

२३ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 2327


एनआरएनए यूकेको सह–आयोजनामा ‘तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन’ बेलायतमा हुँदै

शीतलपाटीन्युज डटकम।
लण्डन। तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन बेलायतमा हुने भएको छ। गैर–आवासीय नेपाली संघ, ग्लोबल हेल्थ कमिटीले आयोजना गर्ने विश्व सम्मेलनको स्थानीय आयोजक भने एनआरएनए एनसीसी यूके बनेको छ। सम्मेलन सेप्टेम्बरको १७ देखि १९ सम्म बेलायतको अल्डरसटमा हुनेछ ।

डा. सन्जीव सापकोटा अध्यक्ष रहेको ग्लोबल हेल्थ कमिटीले बेलायतमा सम्मेलन आयोजनाका लागि डा.सुनिल साहको नेतृत्वमा आयोजक कमिटी गठन गरेको छ भने सम्मेलनको स्थानीय आयोजकका रुपमा एनसीसी यूकेले अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा स्थानीय आयोजक समिति गठन गरेको छ। गैर–आवासीय नेपाली संघ अन्तर्गतको विश्व स्वास्थ्य समिति मूल आयोजक रहेपनि स्थानीय रुपमा एनसीसी यूकेले सम्मेलनको आयोजना र व्यवस्थापन गर्ने भएको छ ।

विश्वव्यापी कोभिड महामारी र महामारीपछिको अवस्थाका बारेमा सम्मेलनमा गम्भीर छलफल हुने जनाइएको छ। सेप्टेम्बर १७ देखि १९ सम्म चल्ने सम्मेलनको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने छन् । त्यस्तै, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, एनआरएनए अध्यक्ष कुमार पन्त लगायतले पनि सम्मेलनलाई सम्बोधन गर्ने एनसीसी यूकेका प्रवक्ता भरतमणी चोङबाङले जानकारी दिए ।

सम्मेलनमा विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी गरी करिव तीन सय जनाको सहभागिता रहने अनुमान छ । भर्चुअल र भौतिक उपस्थिति गरी दुवै विधिबाट सञ्चालन गरिने सम्मेलनमा कोभिड महामारी, व्यक्तिगत स्वास्थ्य सुरक्षा, मानसिक स्वास्थ्य तथा कार्यस्थलमा अपनाउनुपर्ने स्वास्थ्य सजगता लगायतका विषयमा छलफल हुने जनाइएको छ।

एनसीसी यूकेको हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्य समिति चयन भएपछि बेलायतमा हुन लागेको यो सबैभन्दा ठूलो कार्यक्रम हो।
 




मतहरू

play

albanian women play sex games adult virtual sex games sex games for girls


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?