Wednesday October 20, 2021

माननीय गृहमन्त्री बालकृष्ण खाँड समक्ष एनआरएनए युकेको तर्फबाट"एक पटकको नेपाली सधैको नेपाली" भन्ने मुल मर्मको ज्ञापनपत्र उपाध्यक्ष कार्कीद्वारा प्रस्तुत

२४ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 2467


माननीय गृहमन्त्री बालकृष्ण खाँड समक्ष एनआरएनए युकेको तर्फबाट"एक पटकको नेपाली सधैको नेपाली" भन्ने मुल मर्मको ज्ञापनपत्र उपाध्यक्ष कार्कीद्वारा प्रस्तुत

शीतलपाटीन्युज डटकम।
काठमाडौ। एनआरएन युकेका उपाध्यक्ष मोहन कार्कीले आज माननीय गृहमन्त्री बालकृष्ण खाँड समक्ष एनआरएनए युकेको तर्फबाट "एक पटकको नेपाली सधैको नेपाली" भन्ने मुल मर्म सहितको ज्ञापनपत्र प्रस्तुत गर्नु भयको छ। गत हप्ता माननीय कानुन मन्त्रीज्युसंग पनि भेटघाट गरेर यो कुरा प्रष्ट पार्नुभएको थियो।
 


उपाध्यक्ष कार्कीले सो ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार नागरिकता एेन २०६३ जो दफा १० को प्रावधानले बिदेशमा बसोबास गर्ने नेपालीहरुले भोग्नु परेका समस्या समाधानका लागि नेपाल सरकारको तर्फबाट आफुले सक्दो पहल गर्ने माननीय मन्त्री ज्युले प्रतिबद्धता जाहेर गर्नु भयको जानकारी गराउनु भयको छ। साथै COVID-19 Red zone कारण बिदेश आवत जावतमा नेपालीहरुले हाल भोग्नु परेको कठिनाई सम्बोधनका लागि समेत नेपाल सरकार प्रयासरत रहेको जानकारी दिनुभयो।

 


गैर आवासीय नेपाली संघ यूके,नेपाली नागरिकता निरन्तरता विभागका संयोजक एवम उपाध्यक्ष कार्कीले गृहमन्त्री खाँड र कानुनमन्त्री कार्कीलाई भेटेर बिदेशमा बस्ने नेपालीहरुको समस्यालाई समाधान गर्ने प्रयासमा एनआरएनए युकेका अध्यक्ष आदरणीय प्रेम गाहा मगर सहित अन्य एनआरएनए अभियन्ता एवम सहकर्मी साथीहरुको पुर्ण सहयोग रहेको भन्दै आभार प्रकट गर्दछु भन्नु भयको छ।




मतहरू

Kerry

Online Sex Dates


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?