Saturday September 18, 2021

यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेडलिष्ट’बाट हटाउन नेपाली राजदूतावासमा ज्ञापनपत्र

२४ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1289


यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेडलिष्ट’बाट हटाउन नेपाली राजदूतावासमा ज्ञापनपत्र

यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेडशीतलपाटीन्युज डटकम।
लन्डन। यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेड लिष्ट’ मा राखिरहंदा आमसमुदायमा समस्या परेको भन्दै त्यो हटाउन पहलका लागि दूतावासमा ज्ञापन बुझाएका छन्। बुधबार रोजीहिरा फाउण्डेशनकी अध्यक्ष रोजिनाप्रधान राईले दूतावास गएर राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन बुझाएकी हुन् ।

 


ज्ञापनमा बेलायत सरकारको मन्त्रिस्तरीय तहमा वार्ता गरेर उक्त लिष्टलाई ‘एम्बर’ मा राख्न पुनर्विचारका लागि पहलको माग गरिएको छ। सोसाइटीका सिइओ तथा निर्देशक एलान मर्सेल सान्का र फाउण्डेशनकी अध्यक्ष रोजिनाले हस्ताक्षर गरेको उक्त ज्ञापनमा अहिले नेपालमा कोभिड संक्रमण घटिरहेको स्मरण गराउंदै यही लिष्टका कारण अधिकांश नेपालीहरुले आफ्नो मौलिक महान चाडपर्वमा समेत पारिवारिक पुनर्मिलन गर्न वञ्चित रहेको बताइएको छ। ‘रेड लिष्ट’ मा रहंदा पर्यटनमा आश्रित नेपालको पर्यटन समेत नराम्रोसंग प्रभावित भएको उल्लेख छ।

अध्यक्ष राईले ज्ञापनपत्र पढेर सुनाउंदै राजदूत रेग्मीलाई हस्तान्तरण गरेकी थिइन्। राजदूतले उक्त ज्ञापनमा उल्लेखित माग सान्दर्भिक,जायज भएको र आफ्नो तर्फबाट छिट्टै पहल गर्ने बताएका थिए । राजदूत रेग्मीले महत्वपूर्ण विषय उठान गरेकामा धन्यवाद समेत दिएको राईले बताइन्। सो अवसरमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सोसाइटीका सल्लाहकार हिराधन राई पनि सहभागी थिए। सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ ।

‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ। पांच वर्ष मुनिकालाई निशुल्क छ।

होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ। यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्ने छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?