Saturday September 18, 2021

आईसीसीका उम्मेदवारहरुको स्वागतमा एनसीसी यूकेको रात्रिभोज

२५ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1270


आईसीसीका उम्मेदवारहरुको स्वागतमा एनसीसी यूकेको रात्रिभोज

शीतलपाटीन्युज डटकम।
लण्डन।गैरआवासीय नेपाली संघ,एनसीसी यूकेले संघको आसन्न दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुको स्वागत तथा सम्मानमा बेलायतमा शुभकामना साँझ आयोजना गर्ने भएको छ।

 


सेप्टेम्बर १७देखि १९ सम्म बेलायतको अल्डरसटमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुँदै छ । सो सम्मेलनमा विश्वभर रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुँदैछन्। सम्मेलनमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्(आइसीसी)का पदाधिकारी तथा सदस्यहरु पनि सहभागी हुने छन्।

संघको दशौं महाधिवेशन नजिकिरहेका बेला आयोजना हुन लागेको स्वास्थ्य सम्मेलनमा आइसीसी अध्यक्षदेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अभियन्ताहरु पनि बेलायत आउँदैछन्।

स्वास्थ्य सम्मेलनमा सहभागी र अध्यक्षदेखि सदस्यसम्मका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका प्रत्यासीहरुको स्वागत र सम्मानमा सेप्टेम्बर १९ को साँझ अल्डरसट मै शुभकामना साँझ कार्यक्रमको आयोजना गरिएको गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् बेलायत एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्।

अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा रात्रिभोज सहितको शुभकामना साँझ आयोजना हुने अध्यक्ष गाहा मगरले जानकारी दिए। कार्यक्रमको तयारी पूरा भइसकेको उनले बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई र विशेष अतिथिको रुपमा एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आमन्त्रण गरिएको छ।

युवा र महिला सशक्तीकरणका लागि विशेष कार्यक्रम सन्चालन गर्न आर्थिक संकलन गर्ने उद्देश्यले शुभकामना साँझसँगै ‘च्यारिटी डिनर’ आयोजना गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए। एनसीसी यूकेले एनआरएन अभियानमा युवाहरु र महिलाहरुको सहभागिता र आकर्षण वृद्धि गर्न विशेष कार्यक्रम सन्चालन गर्दैछ।

च्यारिटी डिनरमा आइसीसी अध्यक्ष, उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष,क्षेत्रीय संयोजक तथा उपसंयोजक,युवा तथा महिला संयोजक,आइसीसी सदस्य लगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुलार्ई बोलाइएको छ। ‘सबै उम्मेदवारहरुलाई एकै ठाउँमा भेला गरी शुभकामना दिने हाम्रो उद्देश्य हो’ उनले भने।

शुभकामना मन्तव्य र मनोरन्जनात्मक सांस्कृति कार्यक्रमसहित सन्चालन हुने च्यारिटी डिनरमा उम्मेदवारहरुलाई प्रायोजनको व्यवस्था पनि गरिएको छ। ‘प्लाटिनम, गोल्ड र सिल्भर स्पोन्सर’को आह्वान गरिएको एनसीसी उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख संयोजक गोविन्द खरेलले जानकारी दिए ।

प्लाटिनम स्पोन्सरका लागि ३ हजार पाउण्ड,गोल्ड स्पोन्सरका लाग २ हजार पाउण्ड र सिल्भर स्पोन्सरका लागि १ हजार पाउण्ड राखिएको उनले जानकारी दिए। सहभागीहरुले स्वेच्छिक रुपमा पनि सहयोग गर्न सक्ने उनले बताए।

स्पोन्सर गर्नेहरुलाई कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अवसर दिइने छ भने प्रायोजकहरुको संक्षिप्त वायोग्राफी पनि प्रदर्शन गरिने छ। ‘यसले उम्मेदवारहरुलाई आफ्नो प्रचार प्रसारमा पनि सहयोग पुर्याउँछ भने उम्मेदवारहरुको बारेमा एकै ठाउँबाट सबैलाई जानकारी गराउन मद्दत पुग्छ’ अध्यक्ष गाहा मगरले भने।

च्यारिटी डिनरबाट संकलन हुने रकमबाट युवा र महिला सशक्तीकरणका लागि कार्यक्रम सन्चालन गरिने च्यारिटी विभाग प्रमुख खरेलले जानकारी दिए। युवा र महिलाहरुको सशक्तीकरणका लागि एनसीसी र च्यारिटी विभागले अवधारणा र कार्यक्रम तयार पारिसकेको पनि उनले जानकारी दिए।

गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुँदै छ। त्यसअगावै २०२१–२०२३ कार्यकालका लागि आइसीसीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?