Saturday September 18, 2021

बिश्वभर रहेका जनसंपर्क समितीहरुलाई आरके त्रिपाठीले दिए विशेष धन्यवाद

२५ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1095


बिश्वभर रहेका जनसंपर्क समितीहरुलाई आरके त्रिपाठीले दिए विशेष धन्यवाद

शीतलपाटीन्युज डटकम।

लण्डन। एनआरएनए आइसीसीको आउँदो नेतृत्व हात पार्न नेपाली जनसंपर्क समितीहरु र यसका सदस्यहरुको निकै सक्रिय सहयोग रहि रहेको छ र भविष्यमा रहने नै छ। एनआरएनएमा नेपाली जनसंपर्क समितीले गरेको भूमीका सदैब स्मरणीय रहनेछ। आगामी नेतृत्व कसलाई दिने वा कसकसले लिने भन्ने अनिश्चितता चिर्न सिंगो जनसंपर्क समितीले विशेष भुमीका खेल्ने नै छ भन्दै आर के त्रिपाठीले लण्डनबाट बिश्वभर रहेका जनसंपर्क समितीहरुलाई विशेष धन्यवाद दिएका छन।

सदैब मै हुँ एनआरएनएका राजा,महाराजा भनि सदैब म मात्र ठूलो हुँ ,एनआरएनएमा अन्य कोहि होइन भन्ने ठालुहरुलाई यस पटकको चुनावले राम्रै प्रतिबिम्ब देखाई दिनेछ। उमेदवार केहि होइन,म चुनाब लड्दैछु,म उमदेवारहरु सेटिङ गर्ने राजा हुँ भन्ने अभियन्ताहरुको घमण्ड प्रजातन्त्रबादीहरुको सालीन भोटले चकनाचुर बनाइ दिने नै छ। यो लेख्न मनत थिएन तर आगामी नेतृत्वको चुनाबी दौरानमा नेपाली जनसंपर्क समितीका साथीहरु हराउन जुन दौडादौड गरि रहेछन। रातारात उनिहरुलाई भविष्यमा हुने चुनावले सवक र पाठ सिकाई दिने नै छ। जे होस आउने एनआरएन आइसीसीको नयाँ नेतृत्वलाई नेपालमा तिन बर्ष अगाडीको महानिर्वाचनमा जस्तै बहुमत दिनेछन्।

मतदाताले भविष्यमा सबैको जित मानी एजेण्डा साकार पार्न आउँदो एनआरएनए आईसीसीको नेतृत्वले निकै मेहनत साथ काम गरि देखाउनु पर्दछ।हामी सक्दो साथ दिने नैं छौं। हो जित प्रजातन्तबादीको हुनेछ। अब हुने कामहरु पनि प्रजातान्त्रीक,पारदर्शी,पाको र भरपर्दो तरिकाले अगाडी बढोस। निकट भविष्यमा बिजयी हुनुहुने हरुलाई अग्रिम बधाई र शुभकामना। कार्यकाल सफलताको शुभकामना।NRN ICC को आगामी नेतृत्व लिन नेपाली जनसंपर्क समितीले अग्रिणी भुमीका खेली रहेकोमा सबैमा धन्यवाद एव बधाई।अन्तत भन्नु पर्दा सबैको जित हुनेछ। मतदाताले बिवेक प्रयोग गर्ने नै छन्। राम्रो सबल नेतृत्व दिनेछन्।भविष्यमा उपबिजयी  हुने हरुलाई पनि साथमा लिएर हिड्नु पर्दछ। जनसंपर्क समितीको काँधमा नयाँ जिम्मेवारी थपिनेछ। मेहनत गरी एजेण्डा पूर्ण गर्नु पर्दछ अब भविष्यमा।

तिन बर्ष अगाडी नेपाली जनताले महानिर्वाचन मार्फत नेपाल साकार बनाउन दिएको दुई तिहाई बहुमत जस्तो मतदाताले बहुमत दिई बिजयी गराए पनि भविष्यमा नेपालको बर्तमान राजनिती जस्तो NRN ICC को आगामी नेतृत्वले पनि नराम्रा काम गरेर भाँड भैलोमा गएको देख्न नपरोस। हेर्न नपरोस।सालीन ढङ्गले एजेण्डाहरुमा अनुसाशीत र बैचारीक छलफल गर्दै गन्तव्य तर्फ अगाडी बढ्नु पर्दछ।चुनाब जित्नु ठूलो कुरो होइन तर आफ्नो कार्यकाल पूरा गरी बिगत हुने बेलामा छाडेर जाने इमेज आकृती महत्वपूर्ण हुन्छ। अब महाभारतको युद्ध  जितीदैछ भन्न पनि जरुरी छैन। धेरै खादा माला अविर जात्रा गर्ने पनि आवश्यक छैन भविष्यमा। उपबिजेताहरु निराश हुन जरुरी पनि छैन भविष्यमा। सामाजीक संस्था हो एनआरएनए। साझा काम छन।

चुनाबको दौरानमा मतदातासंग मत माग्दा घोषणा पत्रमा यो यो गर्दछु म भनि तयार पारिएको ४१ बुँदे घोषणा पत्र हेर्दै यो यो गर्ने,यो यो गर्न बाँकी भन्दै रेसा लगाउँदै अब सबै मिली अगाडी बढ्नुको बिकल्प छैन। तितो बोले। तितो लेखे। कसैलाई मन दुखेको भए क्षमा प्रार्थी छु। समाबेशी प्रजातन्त्रबादी सामुहिक नेतृत्व तर टप नेतृत्व चाहिं नेपाली कांग्रेस समर्थितले गर्ने नेतृत्वलाई सबैले अब सहयोग गरि बलियो भरपर्दो र विश्वासिलो एनआरएनए बनाऔं।                             




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?