Saturday September 18, 2021

बेलायतमा "डायस्पोरानेपाल डटकम" नामक नेपाली अनलाईन पोर्टल आज बिधीबत उदघाटन हुदै

२६ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1104


बेलायतमा "डायस्पोरानेपाल डटकम" नामक नेपाली अनलाईन पोर्टल आज बिधीबत उदघाटन हुदै


शीतलपाटीन्युज डटकम।
लण्डन। संयुक्त अधिराज्य बेलायतबाट प्रवासका नेपालीहरुलाई केन्द्रीत गरि डायस्पोरानेपाल डटकम नेपाली अनलाईन पोर्टल आज उदघाटन हुन लागेको समाचार प्राप्त भयको छ।



संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत लोक दर्शन रेग्मी र गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संयुक्त भर्चुअल रुपमा उद्घाटन गर्ने सो डायस्पोरा नेपालको कार्यक्रम आज ११ सेप्टेम्बर २०२१ अपरान्ह १५:३० जुम मार्फत हुने कुरा डायस्पोरा नेपालका अध्यक्ष राजेन्द्र पुडासैनीले जनाउनु भएको छ।


मातृभुमीबाट टाढा रहे पनि नेपालका खबरहरू, सामाजिक कुराहरू, शिछ्याप्रद लेखहरू र जनचेतनामूलक खवर तत्काल समाजमा पुर्याउन डाइरेक्टर रवीन्द्र कडेल,अध्यक्ष राजेन्द्र पुडासैनी, प्रकासक कृष्ण भण्डारी,सम्पादक स्याम लुइँटेलको टीमले यो डायोस्पोरानेपाल अनलाइन शुरू गर्न लाग्नु भयको हो।

 


समाजसेवी अध्यक्ष राजेन्द्र पुडासैनी प्रबासी नेपाली एकता मंच बेलायतका पुर्व अध्यक्ष हुनुहुन्छ भने सामाजीक अभियन्ता रविन्द्र कडेल र कृष्ण भण्डारी र सम्पादक श्याम लुईटेल पत्रकारीता छेत्रमा गहन अध्ययन गरी लामो समय देखि बेलायती नेपाली डायोस्पोरामा समाचार अग्रपंक्तिमा पस्कने बरिष्ठ पत्रकार हुनुहुन्छ।

 

Editor Shyam Luitel
डायस्पोरा नेपाल अनलाइनको प्रकासनले समाजमा समाचारको पुर्ति शसक्त रूपमा हुने सम्पादक श्याम लुईटेलले शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मीलाई बताउनु भयको छ।

डायस्पोरा नेपाल अनलाइन बेलायतमा शुरू हुन लागेकोमा शीतलपाटीन्युज डटकमको तर्फबाट स्वागत गर्दै उज्वल भविष्यको कामना गर्दछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?