Tuesday December 07, 2021

विशेष तीज पूजा आराधना सहित बेक्सलिबासी नेपाली महिलाहरुले मनाए तीज पर्ब

२७ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1300


विशेष तीज पूजा आराधना सहित बेक्सलिबासी नेपाली महिलाहरुले मनाए तीज पर्ब

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अबसरमा यस बर्ष बेक्सलि नेपाली समाजको आयोजनामा र वेलिंग ग्रीन ग्रोसरको प्रायोजनमा St Michael’s Church Hall Welling मा बेक्सलिबासी महिलाहरुले गुरु शेखर काफ्लेको उपास्थितिमा शिव भगवानको पूजा आराधना गरी भव्यताका साथ मनाए। पूजा आराधना पश्चात महिला दिदी बहिनीहरूले नाचगान सहित नेपाली मौलिक परम्परागत शैलीमा विशेष तीज पहिरनमा सजीई भव्यरूपमा मनाएका छन्।

 


बेक्सलि नेपाली समाजले यसरी पूजा आजा र नाचगान सहित तीज पर्व मनाएको पहिलो पटक हो। बेक्सलि नेपाली समाज सधै हाम्रो संस्कार, संस्कृति र रितिरिवाजको जगेर्ना गर्न र अर्को पुस्तामा हस्तान्तरण गर्न दत्तचित्त रहेको उक्त संस्थाले जनाएको छ। तीज पर्व, दशैं पर्व, लोह्सार पर्व, तिहार जस्ता नेपाली परम्पराहरु यस समाजले हरेक बर्ष मनाउँदै आएको छ।

 


मिति ०९ सेप्टेम्बर २०२१ सम्पन्न उक्त कार्यक्रमलाई सहजीकरण गर्न समाजका अध्यक्ष आनन्द धरेल, उपाध्यक्षहरू बिन्दु गुरुँग, बिजिता गौतम र कमल गुरुँग, महासचिव केदार थपलिया, सचिब होमनाथ ज्ञवाली, कोषाध्यक्ष दीपेन सिटौला, सहकोषाध्यक्ष बालमुकुंद प्रसाई तथा कार्यसमितिका अन्य सदस्यहरुले सहयोग गर्नु भएको थियो। साथै गुणदेव घिमिरेले सुन्दर तस्वीरहरु कैद गर्नु भएको थियो। दिदीबहिनीहरुको लागी फलफुल र जूस पानीको ब्यबस्था गरि उक्त कार्यक्रमको प्रायोजन गर्नुहुने Welling Green Grocer लाई बेक्सलि नेपाली समाज हार्दिक आभार ब्यक्त गर्दछ।

आगामी दिनहरुमा पनि यहाँहरु सबैको सहयोगको अपेक्षा  सहित बेक्सलि नेपाली समाज सम्पूर्ण नेपाली दिदी-बहिनीहरूलाई हरितालिका तीज पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

(समाचार सम्पादन: होमनाथ ज्ञवाली, सचिब बेक्सलि नेपाली समाज)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?