Saturday September 18, 2021

दिलरास गुरुङ बगर भाईखलक युकेको अध्यक्षमा निर्विरोध

२७ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1226


दिलरास गुरुङ बगर भाईखलक युकेको अध्यक्षमा निर्विरोध

शीतलपाटीन्युज डटकम।
लण्डन। खेलकुद र सामाजिक कृयाकलापमा छुट्टै पहिचान बनाउन सफल बगर भाई खलक पोखराको युके स्थित भगिनी संस्था बगर भाईखलक युकेको अध्यक्षमा दिलरास गुरुङ निर्विरोध निर्वाचित भएको समाचार  छ।

 


संस्थाको हिजो शनिवार युकेमा सम्पन्न दोश्रो अधिवेशनले खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तित्व दिलरास गुरूङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। यसै गरी संस्थाको उपाध्यक्षमा सामाजिक र व्यवसायिक क्षेत्रमा अग्रणी व्यक्तित्व धम्पुसका कमल गुरुङ निर्वाचित भएका छन भने महासचिवमा अर्जुन गुरुङ र कोषाध्यक्षमा थकाली उपनामले चिनिने भानु गुरुङ लाई निर्वाचित भयका छन। तर अधिवेशनले अन्य कार्यसमिती सदस्यहरु भने चयन गरेको छैन। आवश्यक परेको बेला सवैले सहयोगी हातहरु समान ढङ्गले अघि बढाउने संगै संस्थाको कृयाकलापमा समेत साधारण सदस्यहरुको सहभागिता रहोस भन्ने हेतुले पदाधिकारीहरुको मात्रै चयन गरिएको जनाइएको छ।

दोश्रो अधिवेशन बगर भाईखलक युकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रहेका चन्द्रमानलाई नवनिर्वाचित समितीले सफल कार्यकालको भूमिकाको लागि बधाई तथा धन्यवाद दिंदै नेपालमा फर्किएर उहाँले आफ्नो सफल जिवनको लागि शुभकामना समेत व्यक्त गरेको छ।

संस्थाको अध्यक्ष पदमा नवनिर्वाचित अध्यक्ष दिलरासले आफूलाई अध्यक्ष पद जस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा सवैलाई धन्यवाद दिएका थिए। उनले आगामी कार्यकाल सफल बनाउन सवैको सहयोगको समेत अपेक्षा गरेका छन।

कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ,सहारा युकेका अध्यक्ष कुमार गुरुङ लगायतले बगर भाई खलकले खेलकुद र सामाजिक क्षेत्रमा बनाएको पहिचानका लागि आफ्नो संस्थाको तर्फबाट सदैव सहयोग रहिरहने धारणा राखेका थिए। बगर भाई खलक युकेमा ९० जना भन्दा वढी साधारण सदस्य रहेका छन। संस्थाले पोखरामा हुँदै आएको भेट्रान एट ए साइड फुटबल प्रतियोगिता लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।
(पोखरा स्पोटर्स)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?