Saturday September 18, 2021

कृष्ण तिवारीको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी (ONUF) युके गठन

२८ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1171


कृष्ण तिवारीको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी (ONUF) युके गठन

शीतलपाटीन्युज डटकम।
अलडरसट, युके। आज १२ सेप्टेम्बर २०२१ आईतवारका दिन अल्डरसट स्थित मोमोस्टेसन युकेमा प्रवासी नेपाली संघ युकेका (ONF UK) उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षतामा संघका पदाधिकारीहरु र अन्य सामाजीक मानिसहरुको उपस्थिती समेतको बैठक बस्यो।उक्त बैठकमा ONF UK का बरिष्ठ उपाध्यक्ष रामजी बरालको पनि भर्चुअल उपस्थिती रहेको थियो।


उक्त बैठकले आज कै मितीबाटमाधव नेपाल समुहका प्रवासी नेपाली मंच (ONF UK) को बिधीवत बिघटन गरि उक्त कमिटीका सदस्यहरुर उपस्थित अन्य ब्यक्तिहरु नेकपा एकिकृत समाजबादीमा समर्थन सहित प्रवासी नेपाली एकता मंच युके (राष्ट्रिय संगठन कमिटी) कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटीगरियको समाचार छ।

बैठकमा मुख्य अतिथी नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा बिदेस बिभाग प्रमुख कमरेड श्रीप्रसाद शाह,बिशेष प्रतिनिधी युरोपका सचिव कमरेड सुबास पोखरेलको भर्चुअल माध्यमबाट आथित्य गराईएको थियो भने प्रदेश नं १ सदस्य तथाका नेपाल अखिल महिला संघ नेपालका केन्द्रिय सदस्य कमरेड शुष्मा राईको प्रत्यक्ष उपस्थितीमा अतिथीको आसन गराईएको थियो।

उक्त बैठकले पदाधिकारीहरुमा प्रवासी नेपाली एकता मंन्च युके  राष्ट्रिय सॅंगठन कमिटी,बेलायत को कमरेड कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भयो। अध्यक्ष कृष्ण तिवारी रहेको सो कमिटीमा उपाध्यक्ष उमेशराज मोक्तान,महिला उपाध्यक्ष शुशीला राई,महासचिब अर्जुन खतिवड़ा,कोषाध्यक्ष पुरुषोत्तम शर्मा, सदस्यहरुमा एस के गुरुंग, प्रभात न्यौपाने, दीपक तमांग,आयुष गुरुंग,घनश्याम लामा, मेनुका थापा, शुशी गुरुंग, अविषेक कटुवाल, नबीन राई, इंदिरा बश्याल, दीपेन्द्र अधीकारी,नोर्बु शेर्पा निर्बिरोध चुनिएका छन्।

नवगठित कमिटीका पदाधिकारीहरुलाई मुख्य अतिथी कमरेड श्रीप्रसाद शाहले पार्टीको बिधान अनुसार सपथ खुवाई बधाई दिदै पार्टीको बिधीबिधान,पध्दति र मान्यतालाई साथ गर्दै मन बचन र कर्मले राष्ट्र,जनता र पार्टी प्रति बफादार हुदै प्रवासमा सबै नेपालीहरु संघ हातेमालो गर्दै कमिटीको निर्माण गर्न अनुरोध समेत गरेका थिए।त्यस्तै युरोप सचिव कमरेड सुबास पोखरेल र प्रदेश नं १ सदस्य कमरेड शुष्मा राईले पनि सबै निर्वाचित सदस्यहरुलाई बधाई एवम शुभकामना दिएका थिए।

हाललाई भुतपुर्व बरिष्ठ उपाध्यक्ष रामजी बराललाई गठित कमिटीको सल्लाहाकारमा चयन गरिएको छ भने समयानुसार पछि क्रमस पदाधिकारीहरु र सल्लाहाकारहरु चयन गरिने अध्यक्ष कृष्ण तिवारीले जानकारी दिनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?