Saturday September 18, 2021

चेतनामृत उपन्यास पूर्वीय र पाश्चात्य चिन्तन,कृति/समिक्षा: संस्मरण २

२८ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1088


चेतनामृत उपन्यास पूर्वीय र पाश्चात्य चिन्तन,कृति/समिक्षा: संस्मरण २

चेतनामृत उपन्यासमा पूर्वीय र पाश्चात्य चिन्तन

तारा प्रशाद पोखरेल

उपन्यासकार पौडेलका दर्जनौ समसामयिक लेखहरु विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित फएका छन्। उनका प्रकाशित पुस्तकाकार. कृतिहरुमा जीवन सङ्घर्ष (२०६८) सम्झौता (२०७१) काली गण्डकी देखि क्यानडा सम्म (२०७४) चेतनामृत (२०७६) रहेका  छन्। आफ्नो ७८ औ वसन्तपार सक्दा पनि आफूलाई सदा सक़िय राखी राख्ने पौडेल स्वदेश तथा विदेशको भ्रमण गरी त्यहाँ अनुभव गरिरहेका कुरालाई साहित्यको माध्यमबाट प्रस्तुत गर्न सक्षम छन्। उनले जापान,चीन,भारत,हङकङ,थाईल्याइन्ड, क्यानडा लगाएका देश र नेपालका ५० भन्दा वढी जिल्लाहरु भ्रमण गरी सकेका छन्।

साहित्यकार पौडेल स्वयममा चेतना भएका व्यक्ति हुन्। यसै अर्थमा उनले जीवन जगतलाई राम्ररी वुझेका छन्। उनको चेतनामा अमृत भर्दै पछिल्लो कृति चेतनामृत (२०७६ ) उपन्यास प्रकाशित भएको छ। आख्यानलाई प्रस्तुत गरिएको उक्त उपन्यास चार खण्ड  र १ सय ९४ पृष्ठमा  सँरचित छ। नेपालको सुन्दरीजल देखि भारतका प्रसिध्द धार्मिक स्थलहरु हरिद्वार काशीसम्मको परिवेश उपन्यासमा रहेकोछ भने  नेपालको सुन्दरी जलमा सुरु भएर नेपालकै पवित्र पुण्यधामको रुपमा चर्चित देवघाटमा पुगेर उपन्यासको अन्त भएको छ।

भारतको आकाशमा जन्मेको उपन्यासको प्रमुख  पात्र राम परिस्थितिबस निरीह र अभिभावक बिहिन बन्न पुगेको छ। उसलाई अज्ञात रहेको कुरा जुन उसको वावु भनेर चिनिएको धनप्रशाद र हाकिमको स्वार्थबाट घट्न गएको छ। हाकिमको तेश्रो सन्तान राम र धनप्रशादको प्रथम सुपुत्री एक आपसमा साटासाट गर्दा समेत धन प्रशादले आफ्नो श्रीमती गौरीलाई कुनै जानकारी दिएकोह  छैन। जुन घटनाले गर्दा सामाजिक अपमानको  शिकार गौरी  वन्न गएकीछ भने राम एक अवोध बालक हुदाहुदै पनि समाजबाट वहिस्कृत हुन पुगेको छ। जुन घटना  रामको जीवनको दुखद सुरुवा बन्न पुगेको छ। अन्ततःकारण उपन्यास त्रासदी रूपमा अन्त भएको छ।
२,अध्ययनका समस्या
प्रस्तुत अध्ययनमा उपन्यासकारले चेतनामृत उपन्यास भित्र प्रस्तुत गरेका विषयवस्तु हाम्रो सामाजिक परिवेशसँग मिल्ने गरी पूर्वीय चिन्तनको आधारमा कति सान्निध्यता प्रस्तुत गर्न सकेका छन्? पाश्चात्य चिन्तनको आधारमा उपन्यासभित्र के कस्ता सैद्धान्तिक मान्यताको आधारमा मेल खाने सन्दर्भहरूको उल्लेख गरेको छ? पूर्वीय र पाश्चात्य चिन्तनको आधारमा उपन्यासको अन्तरवस्तु  केरहेको छ? भन्ने सम्वन्धमा अध्ययन गरी हाम्रो समाजको परिवेशलाई पूर्वीय आध्यात्मिक मान्यताको साथै पाश्र्चात्य चिन्तनको आधारमा पूर्वीय र पाश्चात्य परिवेश झल्काउनुको साथै पूर्वीय र पाश्चात्य चिन्तनको आधारमा उपन्यासको अन्तरवस्तु खोज र अध्ययन गर्नु उपन्यासको उद्देश्य रहेको छ।
३,अध्ययन विधि
प्रस्तुत अध्ययनमा चेतनामृत उपन्यासमा पूर्वीय र पाश्र्चात्य चिन्तन सम्बन्धमा अध्ययन गर्नको लागि मुख्यत गुणात्मक अनुसन्धान पध्दतिको आधारमा अध्ययनलाई पूर्ण गरिएको छ। चेतनामृत उपन्यासको सम्वन्धमा गुणात्मक अध्ययन विधिको  आधारमा संकलित सामाग़्रीहरु व्याख्यात्मक तरिकाबाट विश्लेषण गरी निष्कर्षमा पुग्ने कार्य पनि भएको छ।अध्ययनलाई पूर्ण गराउनको लागि आवस्यकता अनुसार लेखकसँग सम्वन्ध गरी अन्तर्वार्ता तथा फोन सम्पर्कबाट आवस्यक सूचना लिइएको र मुख्य तथा उपन्यासलाई नै अध्ययनको आधार वनाइएको छ।
३-१ अध्ययनको सामाग्री
गुणात्मक अनुसन्धानको कारण अध्ययनको सामाग़्रीको रुपमा उपन्यासकार तोयनाथ पौडेलद्वारा लिखित चेतनामृत उपन्यासलाई मुख्य सामाग्रीको रुपमा प्रयोग गरिएको छ। आवस्यकता अनुसार उपन्यासका सिद्धान्त र अध्ययनका आधारहरूलाई  प्रस्तुत गर्ने क्रममा पूर्वीय र पाश्र्चात्य साहित्य सिद्धान्त सम्वन्धी सामाग़्रीहरुलाई पनि खोजी गरी अध्ययन गरिएको छ। यसमा मुख्यतया द्वितिय अध्ययन सामग्री अथवा पुस्तकालय अध्ययन पद्धतिको अवलम्वन गरिएको छ। आवश्यकता अनुसार प्राथमिक सामाग्रीको रुपमा सम्वन्धित कृतिका लेखकसँग समेत सम्पर्क गरि तथ्याङ्क सङ्कलन कार्य गरिएको छ।
क्रमश:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?