Saturday September 18, 2021

४३ करोडको बेलचौतारा सौर्य विद्युत आयोजनाको ५ मेगावाट प्रणालीमा जोडियो

२९ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1076


४३ करोडको बेलचौतारा सौर्य विद्युत आयोजनाको ५ मेगावाट प्रणालीमा जोडियो

शीतलपाटीन्युज डटकम।
काठमाडौं। तनहुँ स्थित ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। सोलार फार्म प्रालिले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत मंगलबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

 


कम्पनीले मंगलबार आयोजना स्थलमा विशेष कार्यक्रम गरी औपचारिक रूपमा विद्युत उत्पादन सुरु गरेको हो। ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले स्वीच थिचेर सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन शूभारम्भ गर्नु भयको छ।

 


उत्पादन सुरु भएको मितिले अबको १५ दिनसम्म परीक्षण उत्पादन हुनेछ। परीक्षणको चरण पूरा भएपछि २ सातापछि यो सौर्य विद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गर्नेछ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारको मिश्रित ऊर्जाको अवधारण अनुसार व्यापारिक विद्युत उत्पादन गर्ने गरी यो सौर्य विद्युत प्रसारण प्रणालीमा आएको बताइन्। उनले बेलचौतारा व्यापारिक विद्युत उत्पादन गर्न विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पहिलो सौर्य विद्युत आयोजना भएकाले प्रणालीमा आउन बढी समय लागे पनि त्यसपछि आउने आयोजनाका लागि बाटो सहज बनाइदिएको बताइन् ।

 


प्रत्यक्ष वैदेशिक लगानीमा सौर्य विद्युत आयोजनाको सफल निर्माण गरिएको कम्पनीका अध्यक्ष मोहन गुरुङले बताउनु भएको छ। उहाका अनुसार पहिलो सौर्य विद्युत आयोजना प्रणालीमा जोडिएकाले अब थप १५ मेगावाटका २ आयोजना अघि बढाउन लागेको हो।

एउटा आयोजना सकियो,’उहिले भन्नुभयो,"अब म्याग्दीमा १२ मेगावाट र तनहुँमै अर्को ३ मेगावाटको सौर्य विद्युत आयोजना बनाउँदैछौं।" उहाले निर्माण योजनामा रहेका यी २ आयोजना २ वर्षभित्र प्रसारण प्रणालीमा आउने बताउनुभएको छ।

प्रणालीमा जोडिएको सौर्य विद्युत आयोजनामा ७५ प्रतिशत वैदेशिक लगानी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पाण्डे (LN PANDEY) ले बताउनु भयको छ। उहाका अनुसार सौर्य विद्युत आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पहिलो भए पनि, नीतिगत प्रक्रियामा भएको ढिलाई,वैदेशिक लगानीको नीति, कोरोना (कोभिड–१९) महामारी लगायत कारणले बढी समय लागेको हो ।

आयोजनाको ठेकेदार रेनेर्गो डेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निशान्त गोयलले सौर्य विद्युत आयोजनामा विश्वको पछिल्लो प्रविधियुक्त उपकरण जडान गरिएको बताए। उनले यो सौर्य विद्युत आयोजनाको निर्माणले नेपालमा पनि सौर्य विद्युतको सम्भावनालाई पुष्टी गरेको बताए।

अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (टियूभी राइनल्याण्ड) पूरा गरेर निर्माण भएको पहिलो सौर्य विद्युत आयोजना भएको कम्पनीका नेपाल प्रमुख शुभम गुप्ताले बताए। आफु र आफ्नो कम्पनीले निर्माणको जिम्मेवारी पाउने आयोजनाहरूमा सधै प्रतिबद्ध भएर काम पनि उनले बताए।

आयोजनाले उत्पादन गरेको विद्युत ५ सय मिटर दुरीमा रहेको खैरेनीटार सबस्टेसनमा जोडिएको छ । प्रवर्द्धक कम्पनीले ४३ करोड रुपैयाँ लागतमा सौर्य विद्युत आयोजना सम्पन्न गरेको हो। आयोजनामा डोल्मा इम्प्याक्ट फन्डले लगानी गरेको छ। कुमारी बैंकको पनि लगानी छ। यो नै ऋण लगानी बिना निर्माण भएको देशकै पहिलो सौर्य विद्युत आयोजना पनि हो ।

यो सौर्य विद्युत आयोजनाले वार्षिक ८७ लाख ५ हजार युनिट विद्युत उत्पादन गर्नेछ। निर्माण ठेक्का पाएको भारतको रेनेर्गो डेभलपर्स कम्पनीले इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसि) मोडलमा यो सौर्य विद्युत आयोजना सम्पन्न गरेको कार्यकारी निर्देशक मयंक रोहिलाले बताए।
(उर्जा खवर)
 




मतहरू

Fnnibeima

coursework help university custom coursework

Krbcalbut

help writing thesis how to write thesis

CnukAnors

writing phd thesis thesis topics in education

Sntdcary

best medical school essay editing service custom essay order

Dbgvchutt

parts of a dissertation dissertation writing service reviews

Krbcalbut

phd thesis writing help with thesis writing

Sntdcary

essay writing service law school analysis essay help

Krbcalbut

thesis printing thesis consultant

DnrjScoge

dissertation printing psychology dissertation

Sntdcary

are essay writing services legal best custom essay sites

Sntdcary

academic essay writing service cheapest custom essays

Krbcalbut

online thesis writing a phd thesis

Krbcalbut

thesis abstracts online thesis chapters


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?