Saturday September 18, 2021

गैरआवासीय नेपाली संघ युकेको कार्यालय अल्डरसटमा रहने

३० भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1090


गैरआवासीय नेपाली संघ युकेको कार्यालय अल्डरसटमा रहने

शीतलपाटीन्युज डटकम।
लण्डन। गैर आवासीय नेपाली संघ युकेले बेलायतको अल्डरसटमा घर भाडामा लिएर अफिस संचालन गर्ने समाचार प्राप्त भयको छ। भाडामा लिइएको कार्यालयको साँचो अध्यक्ष प्रेम गाहामगर,कोषाध्यक्ष विष्णु खरेल र युवा संयोजक तिर्थ बहादुर मल्लले बुझि सम्झौता पत्रमा हस्ताक्षर गरेपछि एनआरएनए युकेको कार्यालय संचालनमा आउने भएको हो।

एनआरएन युकेको विगतमा आफ्नै अफिस नभै व्यक्तिहरुको घरमा सम्पर्क कार्यालय रहेको एनआरएनए युके अव आफ्नै कार्यालय रहने छ। अध्यक्षका गाहामगर निर्वाचित भएपछि पहिलो बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्म सबैले महिनामा कम्तिमा २० पाउण्ड सहयोग गर्ने सर्वसम्मत निर्णय भएको थियो। उक्त निर्णयका आधारमा अध्यक्ष गाहामगर,उपाध्यक्ष सुनिल खड्का,कोषाध्यक्ष विष्णु खरेल र प्रवक्ता भरतमणि चोङवाङले कार्यालय स्थापनाका लागि प्रयास गर्दै आउनु भयको थियो।

‘नव निर्वाचित कार्यसमितिले अव आफ्नै कार्यालयमा बैठक बस्ने,पाहुनालाई स्वागत गर्ने र एनआरएनए युकेको काम गर्ने कुरा अध्यक्ष गाहा मगरले खुसी हुदै डायस्पोरानेपाल डटकमलाई बताएको जानकारी प्राप्त भयको छ। निवर्तमान कार्यसमितिले नया कार्यसमितिलाई बुझ बुझारथ गर्न वाँकी छ। एनआरएनए युकेको कार्यालय एक साता भित्रै तयार गर्ने गरि काम भै रहेको छ। सन् २००३ मा युकेबाट गैर आवासीय नेपाली संघ स्थापना भएपनि एनआरएनए युकेले आफ्नै कार्यालय स्थापना हुन सकेको थिएन। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?