Wednesday October 20, 2021

सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध

३१ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1178


सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध

शीतलपाटीन्युज डटकम।
पोखरा,नेपाल। पोखराको खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध चयन भएका छन।

 

पोखरामा हिजो सम्पन्न क्लवको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। क्लवको कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल,उपाध्यक्षमा चित्रबहादुर पुन,महासचिवमा रामजी प्रसाद अधिकारी,सचिवमा सुनिल राना मगर,कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर चयन भएको कुरा सहारा क्लवले जनाएको छ।

यसै गरी कार्यसमिती सदस्यमा रोजिना गुरुङ्ग,ज्योति केसी,शंकर सुवेदी,अतित गुरुङ्ग,मनमाया तामाङ्ग र मनोज थापा निर्विरोध निर्वाचित भएका छन।

यस कार्यक्रममा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्ने बताएका छन।“सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा ४ जना विदेशी खेलाडी आफ्नो टिममा भित्रायो भने २ जनाको खर्च प्रदेश सरकारले दिनेछ”, मन्त्री गुरुङले भने–“यहाँका खेलाडीमा अझै केही सिक्नु पर्नेछ विदेशी खेलाडी आयो भने यहाँका खेलाडीले पनि सिक्ने मौका पाउनेछन।”
युवा र खेलकुदको दुई फरक विषय नभएको बताउँदै मन्त्री गुरुङले प्रदेशका युवाहरुलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको बताउँदै उनले प्रदेश सरकारले व्याज अनुदानमा १० वर्षका लागि ऋण उपलव्ध गराउन लागिएको बताए। उनले खेलकुदमा लागेका युवालाई सहारा र अन्य क्लवहरु लाभ लिन आग्रह गर्दै भने–“हामी उनीहरुलाई व्यवसायमा अघि बढाउन शिप संगै परियोजना बनाएर यूवा स्वरोजगार कार्यक्रम सफल बनाउँछौ ।” सहाराले पोखरामा आयोजना गर्ने आहा रारा गोल्ड कप र पोखरा म्याराथनको प्रदेश सरकारबाट सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री गुरुङले सो अवसरमा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नगद,दोसल्ला र सम्मान पत्रका साथमा पत्रकार दिपक परियार र उत्कृष्ट सहारा सदस्यका रुपमा राम प्रसाद हिराचनलाई सम्मान गरे। क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा सहाराका सल्लाहाकार तेज बहादुर गुरुङ,जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ,पुरस्कृत पत्रकार दिपक परियार लगायतले आआफ्ना धारणा राख्दै कार्यक्रम भब्य रुपमा सम्पन्न भयको थियो।




मतहरू

vwzljbryxj

????? ???? ??????? ????????? ?????? ????? (????) ????????? [url=http://www.g76x21r19ec7m2f8w6mpm30o4i1m50ids.org/]uvwzljbryxj[/url] avwzljbryxj vwzljbryxj http://www.g76x21r19ec7m2f8w6mpm30o4i1m50ids.org/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?