Wednesday October 20, 2021

सहारा यूकेले १२ औं वार्षिक च्यारिटी डिनर २७ नोभेम्बरमा गर्दै

२ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1217


सहारा यूकेले १२ औं वार्षिक च्यारिटी डिनर २७ नोभेम्बरमा गर्दै

शीतलपाटीन्युज डटकम।
लन्डन। सहारा यूकेले खेल, शिक्षा,स्वास्थ्य र असहायहरूलाई सेवा पुर्याउन गरिने आर्थीक संकलनको १२ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम २७ नोभेम्बरमा गर्ने तयारीबारे छलफल गरेको छ।


अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भयकोच्यारिटी डिनर बैठक गत हप्ता आइतबार १२ तारिखका दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको थियो। सचिव बाचस्पति रेग्मीले आसन ग्रहण गराउदै बसेको बैठकमा उपाध्यक्ष कुसाङ गुरुङले स्वागत भाषण गर्दै  च्यारिटी डिनरबारे विस्तृत जानकारी गराउनु भयको थियो।

 


उपाध्यक्ष एवं च्यारिटी डिनर कार्यक्रम संयोजक कुसाङ गुरुङले करिब तयारी पूरा भएको बैठकमा ब्रिफिङ गर्नु भयको थियच। च्यारिटी डिनर कार्यक्रम आगामी २७ नोभेम्बर शनिबारका दिन एम्पायर हलमा हुने छ। कोरोना महामारीका कारण गत वर्ष रोकिएको च्यारिटी डिनर यसपटक भने हुने भएको छ।

 


बैठकको सुरुमा सहारा युकेका पदाधिकारी भै अन्य संस्था निर्वाचित हुनुहुने पदाधिकारीज्युहरूलाई खादा लगाएर सम्मान गरियो। जस्मा कोने (घोताने घोण्डे) तमु समाज यूकेको उपाध्यक्षमा निर्वाचित सहारा यूकेका अध्यक्ष कुमार गुरुङलाई संस्थापक अध्यक्ष नवीन गुरुङले खादा लगाएर संस्थाको तर्फबाट बधाई दिनु भयको थियो। त्यसपछि सहाराका पूर्वउपाध्यक्ष एवं वर्तमान सल्लाहकार दिलरास गुरुङलाई बगर भाइ खलक यूकेको अध्यक्षमा,सहारा आजीवन सदस्य कमल गुरुङ उपाध्यक्षमा र कोषाध्यक्ष भानु थकाली गुरुङलाई बधाई तथा शुभकामनासहित अध्यक्ष कुमार गुरुङले संस्थाको तर्फबाट खादा लगाइ सम्मान गरिएको साथै गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङलाई ‘बेलायतमा नेपाली गीत’ पुस्तक प्रकाशन गरेकोमा र गोर्खा मिडिया डटकम अनलाइनले पहिलो वर्ष सफलतापूर्वक पार गरेको भन्दै प्रबन्ध निर्देशक एवं वरिष्ठ फोटो पत्रकार मिलन तमुलाई पनि सहाराको तर्फबाट अध्यक्ष कुमार गुरुङले खादा लगाएर बधाई तथा शुभकामना दिदै सम्मान गरीयो।

 


बगर भाइ खलकका निवर्तमान एवं संस्थापक अध्यक्ष चन्द्रमान गुरुङलाई सहाराका संस्थापक अध्यक्ष नवीन गुरुङले कार्यकाल सफल भएको भन्दै खादाले सम्मान गर्नुभएको थियो । यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनएए) को केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन सहारा यूकेको आजीवन सदस्य बनेको जानकारी दिँदै अध्यक्ष कुमार गुरुङले स्वागत गर्दै उम्मेदवार सेनलाई संस्थाको तर्फबाट विजयीको लागि अग्रीम शुभकामना दिनु भयको थियो।

 


कोषाध्यक्ष शारदा गुरुङले कोषको आय-व्यय प्रस्तुत गर्नु भएको सो बैठकमा संस्थापक अध्यक्ष नविन गुरूङ, निवर्तमान अध्यक्ष मीन बहादुर गुरुङ, सहारा एफसी अध्यक्ष कृष्ण गुरूङ, सल्लाहाकारहरु तमु् धि युके अध्यक्ष हितकाजी गुरूङ, उपाध्यक्ष जुमकाजी गुरूङ, पुर्व अध्यछ ज्ञाम गुरूङ, रि मे कृष्ण गुरूङ, पुर्व अध्यक्ष सहारा एफसी हरि श्रेष्ठ, चन्द्र गुरूङ एवम कार्यसमीती पदाधिकारीज्युहरूको उपस्थिती थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?